मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ : विश्वभर ४७ लाख ७० हजार संक्रमित, तीन लाख १४ हजार ५३० को मृत्यु

कोभिड-१९ : विश्वभर ४७ लाख ७० हजार संक्रमित, तीन लाख १४ हजार ५३० को मृत्यु


काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड(१९) बाट विश्वभर ४७ लाख ७० हजार १६० मानिस संक्रमित भएका छन् । जसमध्ये १८ लाख ४३ हजार ३७६ निको भई घर फर्किएका छन् । 
 
विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख १४ हजार ५३० मानिसको ज्यान गएको छ । अझै २६ लाख १२ हजार २५४ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४४ हजार ८११ जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २५ लाख ६४ हजार १४६ को अवस्था मध्यम रहेको जनाइएको छ । 
 
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १५ लाख १४ हजार ५८६ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ९० हजार २५८ पुगेको छ । अमेरिकामा १० लाख ८३ हजार ७१९ जनाको उपचार जारी छ भने ३ लाख ४० हजार ६०९ जना निको भई घर फर्किएका छन् । 
 
रसियामा २ लाख ८१ हजार ७५२ संक्रमित रहेका छन् भने २६३१ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ७७ हजार ७१९ जना संक्रमित भएकोमा २७ हजार ६५० जनाको मृत्यु भएको छ । 
 
युकेमा २ लाख ४० हजार १६१ जना संक्रमित भएकोमा ३४ हजार ४६६ ले ज्यान गुमाएका छन् । ब्राजिलमा २ लाख ३३ हजार ६४८ संक्रमित भएकोमा १५ हजार ६६८ को मृत्यु भएको छ । यस्तै, इटालीमा २ लाख २५ हजार ४३५ जना बिरामी रहेकोमा ३१ हजार ९०८ को ज्यान गएको छ ।   
 
फ्रान्समा १ लाख ७९ हजार ३७९ संक्रमित छन् भने २७ हजार ६२५ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ७६ हजार ६२८ जना संक्रमित भएकोमा ८०२८ जनाको मृत्यु भएको छ ।  
 
टर्कीमा १ लाख ४९ हजार ४३५ बिरामी रहेकोमा ४१४० जनाको निधन भएको छ । इरानमा १ लाख २० हजार १९८ संक्रमित छन् भने ६९८८ को मृत्यु भएको छ । भारतमा ९५ हजार ४७४ जना संक्रमित भएकोमा ३०१४ जनाको मृत्यु भएको छ । यस्तै, चीनमा ८२ हजार ९४७ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ । क्यानडामा ७६ हजार २०४ जना संक्रमित भएकोमा ५७०९ ले ज्यान गुमाएका छन् । 
 
यसैगरी, बेल्जियममा ९०५२, मेक्सिकोमा ५०४५, नेदरल्याण्ड्समा ५६८०, इक्वेडरमा २६८८, पोर्चुगलमा १२१८, स्वीट्जरल्याण्डमा १८८१, स्वीडेनमा ३६७९, आयरल्याण्डमा १५४३,    जनाको मृत्यु भएको छ । 
 
नेपालमा हालसम्म २९५ जना संक्रमित रहेका छन् भने दुई जनाको मृत्यु भएको छ । ३६ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा