मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा व्यवसाय पुनःसञ्चालन गर्न निर्देशिका जारी

अमेरिकामा व्यवसाय पुनःसञ्चालन गर्न निर्देशिका जारी


न्युयोर्क । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले व्यवसाय पुनःसञ्चालनसम्वन्धी निर्देशिका जारी गरेका छन् । 
 
कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द भएका व्यवसाय तथा कार्यालयहरू सञ्चालनका लागि उनीहरुले निर्देशिका जारी गरेका हुन् । 
 
निर्देशिकामा व्यापार व्यवसाय, शैक्षिक संस्थाहरु तथा अन्य संघसंस्था तथा निकायका कार्यालयहरु सञ्चालनसम्बन्धी विषय उल्लेख गरिएको छ । 
 
न्युयोर्क राज्यको रोग नियन्त्रण तथा न्यूनीकरण केन्द्रले जारी गरेको निर्देशिकामा कुनै पनि व्यापार व्यवसाय तथा कार्यालय पुनः सञ्चालन गर्नुपूर्व के के कुरामा ध्यान दिनु पर्दछ र के के प्रक्रिया पूरा गर्नु पर्दछ भन्ने कुराहरु उल्लेख गरिएको छ । 
 
यो निर्देशिका विद्यालय, कार्यस्थल, शिविर, शिशु स्याहार केन्द्र, सार्वजनिक यातायात, बार तथा रेष्टुरेन्टलगायतका लागि केन्द्रित गरिएको केन्द्रले जनाएको छ । निर्देशिकामा चर्चलगायतका धार्मिक स्थलहरुमा अप्नाउनुपर्ने सतर्कता तथा सुरक्षाका उपायहरुका बारेमा पनि उल्लेख गरिएको छ ।  
 
धार्मिक स्थलहरु विषेश गरी चर्चमा पूरा गर्नुपर्ने प्रक्रियाका बारेमा लेखिएका केही विषयमा भने संशोधन गरेर यो निर्देशिका जारी गरिएको अधिकारीहरुले जनाएका छन् । 
 
कोरोना भाइरसका कारण अहिलेसम्म सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामै भएको छ । अमेरिकामा शुक्रबार राति १०ः४५ बजेसम्म १४ लाख ६८ हजार मानिस संक्रमित छन् भने ८७ हजार ४१५ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्या धेरै भए पनि अमेरिकामा लकडाउनको पूर्ण कार्यान्वयन भने गरिएको छैन भने व्यापार व्यवसायहरु पनि तुलनात्मक रुपमा धेरै खुलेका छन् । एपी