विचार / ब्लग

विदेशमा कमाएको पैसा (रेमिट्यान्स) अहिले नेपाल नपठाऔं

1095 पटक पढिएको

- विजय घिमिरे | 11th May 2020, Monday | २०७७ बैशाख २९, सोमबार १७:११
कोभिड १९ का कारण सवैभन्दा वढी समस्यामा परेका विदेशमा वस्ने नेपाली नै हुन् । कोभिड १९ ले विश्वमा महामारीको रुप लिए यता बेलायत अमेरिका लगायतका देशमा वस्ने  करिव ८० जना नेपाली को निधन भएको छ । गैर आवासिय नेपाली संघले विदेशमा ५ हजार भन्दा वढी  नेपाली संक्रमित भएको जनाएको छ । तर, यथार्थमा विदेशमा संक्रमितको संख्या यो भन्दा निकै वढी हुन सक्छ । अहिले विदेशमा काम गरेर नेपालमा पैसा पठाउने हज्जारौंले आम्दानी गुमाएका छन् । रोजगार गएको छ । भविष्यमा संकट यो समाधान भने विदेशमा कसरी दैनिकी चलाउने भनेर सोच्नुपर्ने अवस्था छ । 
 
संकटमा परेका वेला विदेशमा वस्ने नेपालीलाई न देशले सहयोग गर्यो न नेपालका कुटनीतिक नियोगहरुले नै केही गरे । नेपालका कुटनीतिक नियोगका राजदुत र कर्मचारीले तलव भत्ता लिई नेपाली जनताको करले तिरेको घरमा भित्रनै वसे । कोभिड १९ को इपिसेन्टर मानिएको अमेरिकामा पनियही भयो । कुवेतमा एक जना नेपाली महिला हामीलाई लिन जहाज कहिले आउंछ भन्दै दुतावासमा सोध्ने गरेको समाचार सार्वजनिक भएको छ । अमेरिकामा दुतावासलाई सही जानकारी दिन समेत नेपाली समुदायले चाहेनन् । किन कि नेपालीलाई दुतावासले केही गर्छ भन्ने आसै थिएन । त्यसैले कसैले पत्याएनन् । 
 
सरकारले पनि यो संकटमा देश फर्किन  चाहने नेपालीलाई बन्देज लगाईदियो । जहां छौ त्यही सुरक्षित वस भन्ने भाषण गरेर प्रधानमन्त्रीले आफ्नो दायित्व पुरा गरे । विकसित देश अमेरिका, अष्ट्रेलियाको कुरा छाडौ मालदिप्स, श्रीलंका लगायतका देशले समेत आफ्ना नागरिक नेपालवाट उद्धार गरेर लगे । भारतले विदेशमा रहेका आफ्ना हज्जारौं नागरिकलाई भारत  फिर्ता गर्दै छ । अमेरिकामा वाट पनि भारतियहरु जांदै छन् । विदेशमा अलपत्र परेका नेपाली नागरिकले आफ्नै पैसामा देश जान्छौ भनेर अनुनय विनय गर्दा पनि सुनुवाई भएको छैन । सरकारले विदेशमा विचल्लीमा परेका नागरिक प्रति आफ्नो दायित्व के हो त्यो सम्म ख्याल गरेको छैन ।   
 
यसपटक सरकारको रवैयाले विदेशमा वस्ने नेपालीलाई तिमीले कमाएको पैसा चाहि पठाउ या नपठाउ तिमीहरुको दायित्व भने सरकारले लिदैंन भन्ने देखायो । विदेशमा वस्ने नेपालीले गत बर्ष करिव ९ सय अर्ब रुपैंया नेपाल पठाएका थिए । यो आर्थिक बर्ष साउन देखि फागुनसम्म पनि झण्डै ६ सय अर्ब रुपैंया नेपाल पठाईसकेका थिए । अमेरिकावाट मात्र गत बर्ष १ खर्ब ७० अर्ब रुपैंया नेपाल गएको थियो । यो रेमिट्यान्सले नेपालको कुल आम्दानी जीडीपीमा झण्डै २५ प्रतिशत योगदान दिएको थियो । सरकारी राजश्वमा यसले एक खर्ब को योगदान थियो । रेम्यिान्सले रेष्टुरेष्ट देखि मदिराको व्यापार वढाउने देखि बाणिज्य बैंक तथा वित्तीय संस्थामा पैसाको अभाव हुन देखिएको थिएन । यही रेमिट्यान्सले गर्दा अर्थमन्त्री, राष्ट्र बैंक गभर्नर, उच्चपदका सरकारी कर्मचारीले काम गरेर देखाउनु परेन । निजी अस्पताल र स्कुल चले । अर्कोको अर्थतन्त्रवाट पैसा आईरहेको थियो, देशमा रोजगारी समेत वढाउनु परेन । सरकार, पद र शक्तिमा हुनेलाई हाउसञ्चो भएको थियो । 
 
अहिले नेपालको अर्थतन्त्रको कुरा गर्नेहरुलाई  दुई प्रकारको त्रास वढेको छ । विदेशमा वस्ने नेपाली संकटमा परेका छन् । धेरै नेपाल फर्किए भने के गर्ने ? जागिर कहां दिने ? उनीहरु बोल्न थाले, सरकारको काम प्रति प्रश्न गर्न थाले भने कसरी व्यवस्थापन गर्ने ? अर्को रेमिट्यान्स घट्यो भने देश कसरी चलाउने ? त्यहां पनि सुधार भएको थिएन । रेमिट्यान्स घट्दा यहां सुधार हुने आशा गर्न सकिन्छ । 
 
राष्ट्र बैंकको अहिलेसम्म सार्वजनिक आधिकारिक तथ्यांकले रेमिट्यान्स अहिलेसम्म घटेको छैन । यो आर्थिक बर्ष पनि झण्डै ६ सय अर्ब रुपैंया नेपाल पुगिसकेको छ । तर, अनौपचारिक रुपमा आएको तथ्यांकमा चैत महिनामा करिव ३० अर्ब रेमिट्यान्स घटेको छ । वैशाखमा यो अरु घट्ने संभावना भने छ । त्यही पछिका महिनामा पनि यो घट्ने अनुमान छ । यो आर्थिक बर्ष करिव एक सय अर्वले रेमिट्यान्स घट्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, सरकार र अर्थमन्त्रीको व्यवहारले भने रेमिट्यान्स घटेपनि केही हुदैंन भन्ने संकेत दिईरहेको छ । 
 
रेमिट्यान्स किन नपठाउने ? 
 
विदेशमा कमाउनु भएको छ अहिले देशमा त्यो पैसा नपठाउनु होस भन्दा यो देशको हितविपरित आव्हान गरेजस्तो हुन्छ । तर, यो सही होइन । रेमिट्यान्सले नेपाली अर्थतन्त्रको आधार कमजोर वनाएको थियो । यसले अर्थतन्त्रको स्वास्थ्य मात्र विगारिहेको थियो । अर्थतन्त्र मोटाएको थिएन सुनिएको मात्र थियो । तर, कयौं बर्ष देखि यसको उपचार खोजिएको थिएन । सरकारी अस्पताल राम्रो हुनुपर्ने थियो, सरकारी स्कुल राम्रो हुनुपर्ने थियो । तर, रेमिट्यान्सले गर्दा त्यहां पनि सुधार भएन । सरकारी नराम्रो भएपछि बरु निजी क्षेत्रका अस्पताल स्कुल फस्टाए । रेमिट्यान्सले यहां पनि सहयोग नै गर्यो । जव रेमिट्यान्स घट्छ धेरैले सरकारी अस्पताल र स्कुलको सेवा लिन वाध्य हुने छन् । त्यसवेला यहां सुधारका लागि दवाव पर्ने छ । अर्को रेमिट्यान्स पठाउने युवा देशमा फर्किए भने गाउं घरमा प्रतिस्पर्धा हुने छ । कमाउने प्रतिस्पर्धा, अरु भन्दा राम्रो हुने प्रतिस्पर्धा हुने छ । यसले गाउं शहरमा पनि राजनीतिक प्रतिस्पर्धा पढाउने छ । अहिले काम चलाउ राजनीति गर्दै आएका पछि पर्ने छन् ।
 
अर्थमन्त्री डा युवराज खतिवडाले केही साता अघि कोभिड १९ ले पर्यटन क्षेत्रमा केही असर पारे पनि समग्र अर्थतन्त्रमा कुनै प्रभाव नपार्ने वताएका थिए । जीडीपीमा पर्यटन क्ष्ँेत्रको ३ प्रतिशतमात्र योगदान भएकाले अर्थतन्त्रमा कुनै असर नपर्ने उनको दावी थियो ।
 
अर्थमन्त्रीले संचारमाध्यमसंग पटक पटक बोलेका छन् । तर, विदेशमा वस्ने नेपालीको समस्या, रेमिट्यान्सको वारेमा वोलेका छैनन् । यसको मतलव विद्धान अर्थमन्त्रीलाई अव रेमिट्यान्स नआएपनि देशको अर्थतन्त्र चल्छ भन्ने लागेको पनि हुन सक्छ । उनलाई केही गरेर देखाउन मन लागेको हुन सक्छ । अर्थमन्त्री संग रेमिट्यान्स नआएपनि देश चलाउने थुप्रै नयां नीति हुन सक्छन । उनी आगामी बर्षको बजेटको तयारीमा पनि छन् । उनले त्यसलाई कार्यान्वयन गर्छन र देशको अर्थतन्त्र उकास्ने छन् । सरकार र अर्थमन्त्रीको अहिलेको व्यवहारले यही देखाउंछ । यो देशका लागि दिर्धकालमा राम्रो पनि हो । 
 
अर्को विदेशमा वस्ने नेपालीले अहिले भोग्नुपरेको संकट कहिले सम्म रहन्छ यो भन्न सकिने अवस्था छैन । अमेरिका, युरोप, अष्ट्रेलिया, खाडीमुलुक, जापान, दक्षिण कोरिया, मलेसिया लगायतका देशको अर्थतन्त्र के हुन्छ यो पनि अन्यौलनै छ । विदेशमा वस्ने नेपाली नेपाल कहिले फर्किन पाउने हुन त्यो पनि निश्चित छैन । सरकारले विभिन्न वाहाना वनाएर फेरी रोकिदिन सक्छ ।  यस्तो अनिश्चयका बेला आफ्नो कमाई केही समय आफैंसंग राख्दा संकट आईहालेको अवस्थामा बच्न सकिन्छ ।  बचाउन सकिन्छ । 
 
नेपालमा अहिले अझै हिड्डुल समान्य भएको छैन । पठाएको पैसा समयमै परिवारमा पुग्छ भन्ने छैन । यो अवस्थामा देशका रहेका घरपरिवारले पनि आफ्नो जग्गा जमिन उपयोग गरेर दिन कटाउन सक्छन् ।  विदेशवाट हुने आयात कम भएको छ । खर्च हुने गर्ने ठाउं कम भएका छन् ।  बैंक तथा वित्तीय संस्थापनि समान्य अवस्थामा काम गर्न सक्ने अवस्थामा छैनन् । हज्जारौं मजदुरहरु हिडेर भएपनि आफ्ने गाउं फर्किएका छन् । त्यसैले देशको अर्थतन्त्र समान्य नहुदां सम्म देशलाई रेमिट्यान्स पनि आवश्यक नपर्न सक्छ । 
 
कसैले काम नगरी अर्कोको कमाईमा खाने समय पनि अव छैन । विदेशमा जागिर गयो भने देश फर्किपछि केही नगरी खानपनि सकिने छैन । त्यसैले नेपाल फर्किनु पर्यो भने आय आर्जनका लागि लगानी गर्नु पर्ने अवस्था अवस्था आउन सक्छ । पैसा अहिलेनै सकियो भने आउने दिनमा अझै ठुलो संकटपर्दा के गर्ने ? त्यसैले अहिले रेट्यिान्स नेपाल पठाउने समय होइन । जति आएको छ आफैं संग राख्यौं, भविष्यमा बाच्न काम लाग्ने छ । अर्को यो देशभित्रै केही गरेर देखाउने मौका पनि हो । यो मौका पनि किन नछोप्ने ?