मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना अपडेटः विश्वभर २ लाख ८५ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ८५ हजारको मृत्यु


जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ८५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख २५ हजार नाघेको छ । 
 
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार रातिसम्ममा १ हजार ३५६ जनाको मृत्यु भएको छ र सोमबार ४६ हजार १३८ नयाँ संक्रमित थपिएका छन् ।  
 
प्राप्त समाचारअनुसार विश्वभर ४७ हजार ६२ मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ८१ हजार २१६ अर्थात् करिब ९८ प्रतिशतको अवस्था सामान्य छ । 
 
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३२ हजार ६५ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । 
 
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घन्टामा अमेरिकामा ७५० जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार ९३७ पुगेको छ ।
 
कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घन्टामा इटालीमा १७९, स्पेनमा १२३ र फ्रान्समा ७० जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ७३९, स्पेनमा २६ हजार ७४४ र फ्रान्समा २६ हजार ३८० जनाको मृत्यु भएको छ ।  
 
कोरोना भाइरसबाट युरोपमा १६ लाख ५१ हजार ६२५ जना कुल संक्रमित भएकोमा १ लाख ५३ हजार ५३९ जनाको मृत्यु भएको छ । यस्तै, उत्तर अमेरिकामा १५ लाख ४ हजार १३१ संक्रमित भएकोमा ९० हजार २५८ जनाको ज्यान गएको छ । 
 
यसैगरी, एसियामा ६ लाख ८० हजार १९९ जना बिरामी छन् भने २२ हजार ३४८ जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकामा ३ लाख १२ हजार १९७ जना संक्रमितमध्ये १६ हजार ४८३ को मृत्यु भएको छ । अफ्रिकामा ६६ हजार ८७० जना संक्रमित रहेकोमा २ हजार ३२९ को ज्यान गएको छ । यस्तै, ओसेनिया (अस्ट्रेलिया) मा कुल ८ हजार ५४९ जना संक्रमितमध्ये ११८ ले ज्यान गुमाएका छन् ।  
 
दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा प्रभावित भारत बनेको छ । भारतमा ६९ हजार ४०० जना संक्रमित छन् भने २ हजार २५४ ले ज्यान गुमाएका छन् । यस्तै, पाकिस्तानमा ३० हजार ९४१ संक्रमितमध्ये ६६७ को ज्यान गएको छ । बंगलादेशमा १४ हजार ६९१ संक्रमितमध्ये २३९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ४ हजार ६८७ संक्रमितमध्ये १२२ को ज्यान गएको छ । 
 
यस्तै, श्रीलंकामा ८६३ कुल संक्रमितमध्ये ९ जनाको निधन भएको छ । यस्तै, माल्दिभ्समा ८६२ संक्रमित रहेकोमा ३ जनाको ज्यान गएको छ । 
 
नेपालमा हालसम्म १३४ जना संक्रमित छन् भने ३३ जना निको भएका छन् । भुटानमा ९ जनामा संक्रमित देखिएकोमा ५ जना र फर्किसकेका छन् । एजेन्सी