मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकावाट शुक्रवार सम्म ६३० जना नेपाली द्धारा तत्काल नेपाल फिर्ताको पहल गरिदिन आग्रह

अमेरिकावाट शुक्रवार सम्म ६३० जना नेपाली द्धारा तत्काल नेपाल फिर्ताको पहल गरिदिन आग्रह


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकावाट करिव ६ सय ३० जना नेपालीले तत्काल नेपाल फर्किन चाहेका छन् । यो गैर आवासिय नेपाली संघ एनसीसी अमेरिका(एनआरएनए अमेरिका)मा शुक्रवार सम्म प्राप्त तथ्यांक हो । यो दैनिक बृद्धि भईरहेको छ ।
 
एनआरएन अमेरिकाले एक साता यता अमेरिकाबाट नेपाल फर्किन चाहने नेपालीलाई फारम भर्न अनुरोध गरेको थियो । यस अनुसार करिव ६३० जनाले तत्काल नेपाल फर्किन चाहेको भन्दै फारम भरेका हुन् । एनआरएनए अमेरिकाले शुक्रवार सांझ आयोजना गरेको पत्रकारसम्मेलनमा उक्त जानकारी दिईएको हो ।
 
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अनुरोधमा एनआरएनए अमेरिकाले यस्तो फारम भराएको हो । तर, फारम भर्ने नेपाली कहिलेसम्म नेपाल फर्किन सक्छन् यसको कुनै टुंगो छैन ।
 
हामी प्राप्त विवरण नेपालको परराष्ट्रमन्त्रालय, वासिंटन डीसी स्थित नेपाल दुतावास र काठमाडौ स्थित अमेरिकी दुतावासमा दिन्छौं एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले भने तर, उहांहरु  कहिले फर्किन सक्नुहुन्छ, दुतावास सरकारले निर्णय गर्ने हो ।
 
हामीले पाएको विवरण गोप्य हुन्छ दुतावास र सरकारलाई मात्र दिन्छौं निर्णय नेपाल सरकारले नै गर्ने हो एनआरएनए अमेरिकका अध्यक्ष सुनिल शाहले भने तत्काल नेपाल फर्किन चाहने नेपालीलाई छिटो नेपाल फर्किन पाउनु पर्छ भनेर लबिगं भने हामी गर्छौ । 
 
फर्किन चाहने मध्ये सवैभन्दा वढी टेक्सासका छन् । त्यहांवाट १५० जनाले तत्काल फारम भरेका छन् । त्यसपछि कोभिड १९ को मुख्य केन्द्र बनेको न्यूर्योकवाट ७६ जनाले तत्काल नेपाल फर्किन फारम भरेका छन् । त्यसपछि क्यालिफोर्निया, मेरिल्याण्ड लगायतका स्थानवाट फारम भरिएको छ ।
 
फर्किन चाहेका मध्ये सवैभन्दा वढी करिव ३५० जना पर्यटक भिषामा अमेरिका आएका नेपाली छन् । त्यसपछि ग्रिनकार्ड भएका र विद्यार्थी छन् ।
 
पर्यटक भिसामा आउने धेरैको नियमित खानुपर्ने औषधी सकिएको जस्ता समस्या आउने गरेको एनआरएनए अमेरिकाले जनाएको छ । यसका लागि पनि एनआरएनएले अमेरिकामा कार्यरत नेपाली स्वास्थ्यकर्मी मार्फत औषधीको व्यवस्थापन गर्न सहयोग गर्दै आएको  छ ।
 
यस पछि अर्को सवैभन्दा वढी समस्या भने अमेरिकामा अध्ययनरत विद्यार्थीको छ । विद्यार्थीको मुख्य समस्या आउने दिनमा हाम्रो इमिग्रेशन स्ट्याटस के हुन्छ भन्ने छ एनआरएनए अमेरिकाका अध्यक्ष  शाहले भने ९० प्रतिशत नेपाली विद्यँर्थीमा इमिग्रेशन स्ट्याट्स के हुन्छ भन्ने नै त्रास छ, त्यसपछि आउने दिनमा काम कहां पाउने, कसरी खर्च उठाउने जस्ता समस्या विद्यार्थीले उठाएका छन् ।
 
विद्यार्थीलाई तत्काल चाहिएका उपभोग्य वस्तु एनआरएनए अमेरिकाले विभिन्न पहलमा प्रदान गर्दै आएको छ । तर, विद्यार्थीको अर्को मुख्य समस्या आउने दिनमा चाहिने खर्च कसरी जुटाउने भन्ने रहेको छ । अधिकांश नेपाली विद्यार्थीले गर्मी महिनामा काम गरेर खर्च जुटाउने गर्दै आएका छन् एनआरएनए अमेरिकाका विनोद रुवालीले भने तर, यस पटक कोभिड १९ ले समरमा काम पाउन कठिन हुने भएकाले खर्च जुटाउन समस्या हुन सक्ने जोखिम छ । कुनै विद्यार्थीलाई तत्काल समस्या भए एनआरएनए अमेरिकाका पदाधिकारीलाई सम्पर्क गरेमा सहयोग उपलव्ध गराउन सकिने उनले वताए ।
 
एनआरएनए अमेरिकाका अध्यक्ष शाहले एनआरएनए च्याप्टर तहवाटै सहयोगका कार्य हुन भन्ने चाहेको वताए । अमेरिकामा रहेका नेपाली समुदायमा कृयाशिल विभिन्न संघसंस्थासंग मिलेर एनआरएनएले काम गरिरहेको पनि जानकारी दिए ।
 
एनआरएनए अमेरिकका उपाध्यक्ष कृष्णजिवी पन्तले एनआरएएनए अमेरिकाले पैसा नबाडेको तर, तत्काल आवश्यक सामाग्री उपलव्ध गराउदै  आएको जानकारी दिए । एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डे द्धारा संचालित पत्रकार सम्मेलनमा एनआरएनए अमेरिकाका अन्य उपाध्यक्षहरुले पनि सहयोगका वारे जानकारी दिएका थिए ।