मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विश्वका झण्डै आधा कामदारहरुको रोजगारी सङ्कटमा

विश्वका झण्डै आधा कामदारहरुको रोजगारी सङ्कटमा


संयुक्त राष्ट्रसंघ । अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । 
 
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को तथ्यांकअनुसार उनीहरूले अहिले नै बेरोजगारीको सङ्कट भोगिसकेका छन् । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि अनौपचारिक क्षेत्रका मजदुरहरू मर्कामा परेका हुन् । 
 
अनौपचारिक क्षेत्रअन्तर्गत पर्ने उत्पादन व्यापारलगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर सङ्कट’मा परेको सङ्गठनले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिएपछि सङ्गठनले विश्वभरी गरेको सर्वेक्षणको बुधबार सार्वजनिक भएको तेस्रो संस्करणमा यस्तो विवरण उल्लेख गरिएको छ ।
 
विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार भएको जनाइएको छ । ती मध्ये दुई अरबले औपचारिक क्षेत्रमा काम गर्ने गरेका छन् भने बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेका छन् ।  कोरोनाका कारण सङ्कटमा परेकाहरू अधिकांश शारिरीक श्रम गर्नेहरु रहेको अध्ययनबाट देखिएको छ ।
 
उनीहरूले आम्दानी गुमाएकाले जीवन धान्न पनि समस्या हुने गरेको पाइएको र यसले उनीहरुलाई ठूलो घाटा भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । कोरोना फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । त्यसको तुलनामा लकडाउन नभएका ठाउँमा असर कम परेको छ । 
 
त्यसैगरी प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१।६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् । पिटिआई