मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ख्यातिप्राप्त बलिउड अभिनेता ऋषि कपुर रहेनन्

ख्यातिप्राप्त बलिउड अभिनेता ऋषि कपुर रहेनन्


नयाँ दिल्ली । बलिउडका ख्यातिप्राप्त अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित कपुर अस्वस्थ भएपछि मंगलबार मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएकोमा बिहीबार निधन भएको हो । 
 
दाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो । संयुक्तराज्य अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएर उनी गत वर्षको सेप्टेम्बरमा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य थप बिग्रिएपछि उनलाई दुईपटकसम्म अस्पताल भर्ना गरिएको थियो । 
 
ऋषि कपुर अभिनेता राज कपुरका कान्छा छोरा हुन् । ऋषिले सन् १९७३ बाट चलचित्र यात्रा सुरु गरेका थिए । उनको पहिलो चलचित्र ‘बबी’ हो । यसका साथै उनलाई ‘श्री ४२०’, ‘मेरा नाम जोकर’ मा पनि उनले अभिनय गरेका थिए । सन् १९७३ देखि २००० सम्म उनले खेलेका ३६ वटा चलचित्र बलिउड बक्स अफिसमा हिट भएका थिए । चलचित्र करिअरमा उनले ९२ वटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् ।
 
बलिउडले लगातार दोस्रो दिन एक दिग्गज अभिनेता गुमाउन पुगेको छ । अभिनयबाट उँचो छवि बनाएका इरफान खानलाई बुधबार गुमाएको बलिउडले दोस्रो दिनै अर्का चर्चित अभिनेता ऋषि कपुरलाई बिदा गर्न पुगेको छ । लगातार आफ्ना प्रिय अभिनेताहरूलाई बलिउडले गुमाउँदा मुम्बईले ठूलो क्षति बेहोरेको छ ।
 
कपुरको मृत्युमा भारतका विभिन्न व्यक्तिले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अपण गर्दै शोक व्यक्त गरेका छन् । लेखक शशि थरुर, ऋषि कपुरका दोस्त एवम् दिग्गज अभिनेता अमिताभ बच्चन, कांग्रेस नेता राहुल गान्धीलगायतले ट्वीटमार्फत् शोक व्यक्त गरेका हुन् ।