मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलसमा सबै नागरिकलाई निःशुल्क परीक्षण

लस एन्जलसमा सबै नागरिकलाई निःशुल्क परीक्षण


अमेरिका । संयुक्त राज्य अमेरिकाको लस एन्जलस सहरका सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड १९ भाइरस परीक्षण गरिने भएको छ । 
 
यसरी सहरका सबै नागरिकलाई निःशुल्क रुपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो सहर भएको बताइएको छ । 
 
उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिएका हुन् । उनले लस एन्जलस नै यसरी कोभिड १९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताएका छन् ।  
 
उनले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासी समेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिएका हुन् । 
 
उनले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिएको समाचारमा जनाइएको छ । एएनआई