मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा ३१ हजार बढी संक्रमित, एक हजार बढीको मृत्यु

भारतमा ३१ हजार बढी संक्रमित, एक हजार बढीको मृत्यु


नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । 
 
पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ८ जनाको मृत्यु भएको छ । 
 
भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ७४७ जना निको भएर घर फर्किएका छन् भने हाल २२ हजार ५७७ जना उपचारका क्रममा छन् । 
 
मन्त्रालयका अनुसार भारतको महाराष्ट्र राज्यमा कोभिड–१९ बाट सर्वाधिक ९ हजार ३१८ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ३८८ जना निको भएका छन् । महाराष्ट्रमा मात्र ४०० जनाको मृत्यु भएको छ । 
 
दोस्रो बढी संक्रमित भेटिएको गुजरातमा तीन हजार ७४४ जनामा संक्रमण देखिएको छ । यहाँ १८१ जनाको मृत्यु भएको छ । दिल्लीमा भने तीन हजार  ३१४ जना संक्रमित भएकामा ५४ जनाको मृत्यु भएको छ ।
 
मध्य प्रदेशमा दुई हजार ३८७ जना, गोवामा ७ जना, अरुणाचलमा १ जना, मणिपुरमा २ जना, त्रिपुरामा २ जनामा कोरोना संक्रमण देखिएको छ । एएनआई