मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड १९ : विश्वभर दुई लाख १८ हजार १७९ को मृत्यु, ३१ लाख ४७ हजार संक्रमित

कोभिड १९ : विश्वभर दुई लाख १८ हजार १७९ को मृत्यु, ३१ लाख ४७ हजार संक्रमित


जेनेभा । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट दुई लाख १८ हजार १७९ मानिसको मृत्यु भएको छ । विश्वभर ३१ लाख ४७ हजार संक्रमित भएका छन् । 
 
बुधबार दिउँसोसम्म संयुक्तराज्य अमेरिकामा संक्रमितको कुल संख्या १० लाख ३५ हजार ७६५ पुगेको छ । गत चौबिसघन्टामा अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या २४७० पुगेको छ । अमेरिकामा संक्रमण  र मृतकको संख्या वृद्धि हुँदै गए पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन् । 
 
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा विश्वमै सबैभन्दा बढी अर्थात् ५९ हजार २६६ जनाको मृत्यु भएको छ भने युरोपमा १३ लाख २३ हजार २७८ जना संक्रमित छन् भने १ लाख २६ हजार ४४९ को मृत्यु भएको छ । उत्तर अमेरिकामा ११ लाख २० हजार ६२९ संक्रमित भएकोमा ६४ हजार ४१२ जनाले ज्यान गुमाएका छन् । यस्तै, एसियामा ४ लाख ९५ हजार ९४५ जना बिरामी भएकोमा १७ हजार ९२७ को मृत्यु भएको छ । 
 
यसैगरी, दक्षिण अमेरिकामा १ लाख ५५ हजार ५९२ जना संक्रमित भएकोमा ७ हजार ५९० जनाले ज्यान गुमाएका छन् । अफ्रिकामा कुल ३५ हजार ८०६ संक्रमित रहेकोमा १ हजार ५२८ को ज्यान गएको छ । यस्तै, अस्ट्रेलियामा कुल ८ हजार ३१४ जना संक्रमित रहेकोमा १०७ जनाले ज्यान गुमाएका छन् । 
 
वल्र्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख ६१ हजार ८६० जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५६ हजार ९७६ जनाको स्वास्थ्य अवस्था निकै नाजुक अवस्थामा रहेको छ । हाल संक्रमित कुल संक्रमित १९ लाख ६६ हजार ९४३ मध्ये करिब १९ लाख ९ हजार ९६७ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
 
युरोपेली मुलुकहरुमध्ये इटालीमा २७ हजार ३५९ जना, स्पेनमा २३ हजार ८२२ जना, फ्रान्समा २३ हजार ६६०, बेलायतमा २१ हजार ६७८ जना, बेल्जियममा ७ हजार ३३१ जना, जर्मनीमा ६ हजार ३१४ जना, नेदरल्यान्ड्समा ४ हजार ५६६ जना, स्वीडेनमा २ हजार ३५५ जना, स्वीट्जरल्यान्डमा १ हजार ६९९ जना, आयरल्यान्डमा १ हजार १५९, पोर्चुगलमा ९४८ जना तथा रसियामा ९७२ जनाको मृत्यु भएको छ ।
 
यसैगरी, इरानमा ५ हजार ८७७ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ५ हजार ८३ जना, टर्कीमा २ हजार ९९२ जना, क्यानाडामा २ हजार ८५९ जना, मेक्सिकोमा १ हजार ५६९ जना, इन्डोनेसियामा ७७३ जना, इक्वेडरमा ८७१ जनाको मृत्यु भएको छ ।  
 
यस्तै, दक्षिण एसियाली मुलुकहरुमा पनि कोरेना प्रकोप बढेको पाइएको छ । भारतमा कुल ३१ हजार ३३२ जना संक्रमितमध्ये एक हजार आठ जनाको ज्यान गएको छ । पाकिस्तानमा १४ हजार ८८५ जना बिरामी भएकोमा ३२७, बंगलादेशमा ६ हजार ४६२ संक्रमित रहेकोमा १५५, अफगानिस्तानमा १ हजार ८२८ मा ५८, श्रीलंकामा ६१९ मा ७, माल्दिभ्समा २५० जना संक्रमित, नेपालमा ५८ जना र भुटनामा ७ जना रहेका छन् । एपी / एएफपी