मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना अपडेटः विश्वभर ३० लाख २७ हजार संक्रमित, दुई लाख नौ हजार बढीको मृत्यु

कोरोना अपडेटः विश्वभर ३० लाख २७ हजार संक्रमित, दुई लाख नौ हजार बढीको मृत्यु


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार रातिसम्म विश्वभर दुई लाख ९ हजार १३२ को मृत्यु भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट ३० लाख २७ हजार १९२ संक्रमित भएका छन् । 
 
विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १९ लाख २२ हजार ३९२ रहेका छन् भने ८ लाख ९५ हजार ६६८ जना निको भई घर फर्किएका छन् ।
 
कुल बिरामीमध्ये ५७ हजार ४६१ को अवस्था चिन्ताजनक रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । 
 
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित अमेरिका बनेको छ । यहाँ कुल ९ लाख ९५ हजार २८८ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ५६ हजार १३९ पुगेको छ ।  
 
स्पेनमा दुई लाख २९ हजार ४२२ कुल सङ्क्रमित भएका छन् भने २३ हजार ५२१ जनाको मृत्यु भएको छ ।    

 
यसैगरी, इटालीमा कुल एक लाख ९९ हजार ४१४ जना संक्रमित भएका छन् भने २६ हजार ९७७ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, फ्रान्समा एक लाख ६२ हजार १०० कुल सङ्क्रमित भएका छन् भने २२ हजार ८५६ को मृत्यु भएको छ । 
 
जर्मनीमा एक लाख ५८ हजार १४२ कुल सङ्क्रमित भएका छन् भने ५९८५ को मृत्यु भएको छ ।
 
बेलायतमा एक लाख ५२ हजार ८४० कुल सङ्क्रमित भएका छन् भने २० हजार ७३२ को मृत्यु भएको छ । 
 
टर्कीमा एक लाख १० हजार १३० संक्रमित रहेकोमा २८०५ को ज्यान गएको छ ।
 
इरानमा ९१ हजार ४७२ कुल सङ्क्रमित भएका छन् भने ५८०६ व्यक्तिको मृत्यु भएको छ ।  
 
यस्तै, रसियामा ८७ हजार १४७ जना बिरामी भएकोमा ७९४ जनाको निधन भएको छ । 
 
चीनमा ८२ हजार ८३० कुल सङ्क्रमित भएका छन् भने ४६३३ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ४७४ रहेको छ । चीनमा हाल ७२३ जनाको उपचार जारी रहेकोमा ५२ को अवस्था जटिल छ ।  
 
ब्राजिलमा ६३ हजार ३२८ संक्रमित भएकोमा ४२९८ जनाले ज्यान गुमाएका छन् ।
 
यस्तै, क्यानडामा ४७ हजार ३२७ व्यक्तिमा कोरोना देखिएकोमा २६१७ जनाको ज्यान गएको छ ।
 
बेल्जियममा ४६ हजार ६८७ संक्रमित भएकोमा ७२०७ जनाको मृत्यु भएको छ । 
 
यसैगरी, नेदरल्याण्ड्समा ३८ हजार २४५ संक्रमित भएकोमा ४५१८ जनाको मृत्यु भएको छ । 
 
स्वीट्जरल्याण्डमा २९ हजार १६४ संक्रमित छन् भने १६४० जनाको ज्यान गएको छ ।
 
भारतमा २८ हजार ३८० व्यक्ति बिरामी भएकोमा ८८६, पेरुमा २७ हजार ५१७ संक्रमित रहेकोमा ७२८, पोर्चुगलमा २४ हजार २७ संक्रमित भएकोमा ९२८, इक्वेडरमा २२ हजार ७१९ संक्रमित भएकोमा ५७६, आयरल्याण्डमा १९ हजार २६२ संक्रमित रहेकोमा १०८७, स्वीडेनमा १८ हजार ९२६ बिरामी रहेकोमा २२७४, साउदी अरेबियामा १८ हजार ८११ संक्रमित रहेकोमा १४४, इजरायलमा १५ हजार ४६६ बिरामी रहेकोमा २०२ र अस्ट्रियामा १५ हजार २७४ कोरोनाको संक्रमण देखिएकोमा ५४९ जनाको मृत्यु भएको छ । 
 
नेपालमा हालसम्म ५२ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा १६ जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले चौथो चरणमा गरी वैशाख २५ गतेसम्म लकडाउन लागू गरेको छ ।
 
नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ५१ हजार ३६७ जनाको नमुना परीक्षण गरिएकोमा ५२ जनामा कोरोना भाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा