मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

आज मेरो जन्म दिन

आज मेरो जन्म दिन


ईश्वर पुकारे होलान्, कति कष्ट गरे होलान् 
निश्चल ति मुहारमा, कति सपना थिए होलान् 
 
आज मेरो जन्म दिन 
 
सपनाहरु क्षणमै चकनाचूर भएको दिन 
दैलोमा छोरा नभई छोरीको आगमन भएको दिन 
बुवाको औला समाउदै हिड्न सिके 
आमाको अनुहारमा पिडाहरु पढ्न सिके 
 
महसूस भयो मलाई 
बाउको बिडो थाम्न सक्दिन रे मैले
यो अपुताली भएर आई भन्थे कहिले 
संकल्प गरे केहि बन्छु भनेर 
किनकी मेरो आज जन्म दिन 
 
मैले के भोगे ति मेरा सिकाईहरु थिए
समाजलाई के गरे ति मेरा अनुभवहरु थिए
केहि खुड्किलाहरु उक्लिएको मात्र हुँ 
सिगो पहाड बाकी नै छ 
 
परिश्रम गर्दैछु, समय कुर्दैछु 
भन्नेछन् समाजले तिमी मात्र छोरी हैन 
 
आज मेरो जन्म दिन 
आमा तिमिलाई विश्वस्त पार्दछु 
तिम्रा मुहारमा ति पिडाहरु अब बल्झिने छैनन् 
निष्कपट तिम्रा ति सपनाहरु अल्झिने छैनन् 
आज मेरो जन्म  दिन 
 
मलाई जन्म दिने बुवाआमा र आफु जन्मेको मातृभूमि लाई सधै सम्झिरहेको छु र मेरो जन्म दिनको अवसरमा शुभकामना दिनुहुने परिवार, साथीभाई,आफन्त तथा शुभचिन्तक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु I