मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द

अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द


टोरोन्टो । अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् । 
 
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले थप ३० दिन दुई देशको सिमाना बन्द गर्न दुवै देश सहमत भएको जानकारी दिएका छन् । 
 
उनले सीमानाका बन्द गरिए पनि अत्यावश्यक सेवाका लागि कुनै अवरोध नहुने स्पष्ट पारेका छन् । 
 
सिमाना बन्द गर्ने अवधि कति समयसम्म लम्बिन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको पनि उनले बताएका छन् । 
 
“यस अगाडि भएको सम्झौतालाई अहिले थप ३० दिनका लागि लम्ब्याइएको छ, तर अत्यावश्यक सेवाको कामका लागि भने कुनै अवरोध हुने छैन,” उनले भने ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत बुधबार कोरोनाभाइरसको महामारीका विरुद्धमा अमेरिका र क्यानाडाले मिलेर काम गर्ने बताएका थिए । 
 
सिमाना बन्द गर्नेसम्बन्धी अमेरिका र क्यानाडाको सम्झौताको म्याद आगामी हप्ता सकिन लागेकाले फेरि म्याद थपिएको हो । अमेरिका र क्यानाडाका सिमानाबाट दैनिक दुई लाख मानिस आवतजावत गर्ने गर्दछन् । 
 
कोरोनाभाइरसको प्रभाव सबैभन्दा धेरै महाशक्ति राष्ट्र अमेरिकामै देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा आइतबारसम्म सात लाख ३८ हजार ९२३ जना संक्रमित भएका छन् भने ३९ हजार १५ जनाको मृत्यु भएको छ । 
 
त्यसैगरी क्यानाडामा कोरोनाभाइरसबाट ३३ हजार ३८३ जना संक्रमित हुँदा एक हजार ४७० जनाको मृत्यु भएको छ । एपी