मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै प्रशासन

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै प्रशासन


चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान सुरु गरेको छ ।
 
नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते राप्ती नगरपालिका ८ स्थित घरमा आएका थिए । ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
 
जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) सुरु गरिएको उनले जानकारी दिए । उनले सङ्क्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताए । जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको भट्टराईले जानकारी दिए ।
 
उनीहरुको परिवार ठूलो भएकाले सबैको सङ्ख्या यकिन गर्न र सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन् । उनले परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने जानकारी दिइन् ।
 
उनीहरुको बुधबार र्‍यापिड डायग्नोष्टिक टेष्ट 9आरडिटी) गर्दा शङ्कास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राति शङ्कास्पद नतिजा आएसँगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । पुनःपरीक्षणका क्रममा दुवै जनामा नै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
 
उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमित दुवै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताए ।
 
यसैबीच, जिल्लामा हालसम्म ४०५ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । होम र सार्वजनिक क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्ने कामलाई तीव्रता दिइएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए । जिल्लामा आरडिटीलाई तीव्रता दिनका लागि थप कीट मगाइएको उनले जानकारी दिए । रासस