मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लकडाउनमा बिरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा

लकडाउनमा बिरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा


केरला । अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकी छन् । 
 
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उनले कठिन यात्रा गर्नु परेको थियो । उनले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गरेको बताइएको छ । 
 
यात्राका क्रममा झण्डै छ राज्य पार गरेकी ५० वर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनीसँगै एक नातिनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन् । यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो । 
 
लामो यात्रा गर्नु भएकी सिलम्मन वासनले जोधपुरबाट पिटिआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइन् । 
 
आफ्नो २९ वर्षीय छोरा अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनले बताइन् । छोरा अरुणलाई मांशपेसीसम्बन्धी रोग लागेको उनको भनाइ छ ।
 
“भगवानको कृपाले कुनै ठूलो समस्याबिना नै हामी यहाँ आइपुग्न सफल भयौँ,” उनले भनिन् । उनले आफूहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिइन् । 
 
उनीहरु अप्रिल ११ मा हिँडेर अप्रिल १४ मा जोधपुर पुगेका हुन् । जोधपुरमा सीमा सुरक्षा बल (विएसएफ)मा जवानको रूपमा कार्यरत अरुण कुमार बिदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आएका थिए । घरबाट फर्केपछि उनी बिरामी परेका हुन् ।
 
उनलाई सुरुमा पखाला लागेको बताइएको थियो । बिरामी अरुण कुमारको केरलामा एक वर्षीय बच्चा पनि रहेको बताइएको छ । पिटिआई