काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामक प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १८ लाख ७३ हजार व्यक्ति सङक्रमित भएका छन् ।
यस प्रकोपबाट संसारभरि एक लाख १६ हजार ३९ को मृत्यु भएको छ । यसैबीच, यस रोगबाट ४ लाख ३४ हजार ८५५ जना भने निको भएका छन् । आइतबार रातिसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।
कुल २१० देश र आसपासका कुल संक्रमितमध्ये १३ लाख २२ हजार ३१ को उपचार जारी छ भने उपचाररत संक्रमितमध्ये ५० हजार ७९८ बिरामीको अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । विश्वभर सोमबार २१ हजार बढी संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिका सबैभन्दा प्रभावित भएको छ । अमेरिकामा पाँच लाख ६१ हजार १५९ कुल सङ्क्रमित भएका छन् भने २२ हजार १३३ जनाको मृत्यु भएको छ । अमेरिकामा ५ लाख ५ हजार ९०४ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा गत शुक्रबार १३२१, शनिबार १३३१, आइतबार ११६५, सोमबार १२७०, मंगलबार १९७०, बुधबार १९४०, बिहीबार १९०० जनाले ज्यान गुमाएका थिए । यस्तै, शुक्रबार सर्वाधिक २०३५ जनाले ज्यान गुमाएका थिए भने शनिबार १८३० जनाको निधन भएको छ ।
अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै १ लाख ८९ हजार ४१५ संक्रमित भएकोमा ९३८५ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा सोमबार ५९९, मंगलबार ७३१, बुधबार ७७९, बिहीबार ७९९, शुक्रबार ७७७ र शनिबार ७८३ र आइतबार ७५८ जनाको मृत्यु भएको छ ।
स्पेनमा एक लाख ६९ हजार ४९६ कुल सङ्क्रमित भएका छन् भने १७ हजार ४८९ जनाको मृत्यु भएको छ । स्पेनमा गत बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८, मंगलबार ७०४, बुधबार ७४७, बिहीबार ६५५, शुक्रबार ६३४ र शनिबार ५२५ र आइतबार ३६६ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, इटालीमा कुल एक लाख ५६ हजार ३६३ संक्रमित भएका छन् भने १९ हजार ८९९ जनाले ज्यान गुमाएका छन् । जसमा गत बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६, मंगलबार ६०४, बुधबार ५४२, बिहीबार ६१०, शुक्रबार ५७०, शनिबार ६१९ र आइतबार ४३१ जनाको मृत्यु भएको छ ।
यस्तै, फ्रान्समा एक लाख २९ हजार ६५४ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ८३२ को मृत्यु भएको छ । फ्रान्समा गत बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३, मंगलबार १४१७, बुधबार ५४१, बिहीबार १३४१, शुक्रबार ९८७ र शनिबार ६३५ जनाले ज्यान गुमाएका छन् ।
जर्मनीमा १ लाख २५ हजार ९७५ कुल सङ्क्रमित भएका छन् भने २९०७ को मृत्यु भएको छ ।
चीनमा ८२ हजार १६० कुल सङ्क्रमित भएका छन् भने ३३४१ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ६६३ रहेको छ । चीनमा हाल ११५६ जनाको उपचार जारी रहेकोमा १२१ को अवस्था जटिल छ ।
बेलायतमा ८८ हजार ६२१ कुल सङ्क्रमित भएका छन् भने ११ हजार ३२९ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९, मंगलबार ७८६, बुधबार ९३८, बिहीबार ८८१, शुक्रबार सर्वाधिक ९८०, शनिबार ९१७, आइतबार ७३७ र सोमबार ७१७ जनाले ज्यान गुमाएका छन् ।
इरानमा ७३ हजार ३०३ कुल सङ्क्रमित भएका छन् भने ४५८५ व्यक्तिको मृत्यु भएको छ ।
टर्कीमा ५६ हजार ९५६ संक्रमित रहेकोमा ११९८ को ज्यान गएको छ । बेल्जियममा ३० हजार ५८९ संक्रमित भएकोमा ३९०३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २६ हजार ५५१ संक्रमित भएकोमा २८२३ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २५ हजार ६२३ संक्रमित छन् भने ११२९ जनाको ज्यान गएको छ । क्यानडामा २४ हजार ३८३ संक्रमित रहेकोमा ७१७ ले ज्यान गुमाएका छन् । ब्राजिलमा २२ हजार ३१८ बिरामी भएकोमा १२४१ को मृत्यु भएको छ ।
यसैगरी, पोर्चुगलमा ५३५, अस्ट्रियामा ३६८, रसिया १४८, इजरायल ११०, दक्षिण कोरियामा २१७, स्वीडेनमा ९१९, आयरल्याण्ड ३३४, जापान १२३ र डेनमार्कमा २८५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, भारतमा कुल ९२४० संक्रमित भएकोमा ३३१ जनाको ज्यान गएको छ । पाकिस्तानमा ५३७४ संक्रमित भएकोमा ९३, मलेसियामा ४८१७ संक्रमित भएकोमा ७७, थाइल्याण्डमा ४०, बंगलादेशमा ३९, अफगानिस्तानमा २१ र युएईमा २५ जनाको ज्यान गएको छ ।
अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिए पनि जोखिम भने उच्च छ । नेपालमा हालसम्म १४ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ भने कम्तीमा वैशाख १० गतेसम्म लकडाउन थप गर्ने तयारी गरेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ५१८४ जनाको नमुना परीक्षण गरिएकोमा १४ जनामा मात्र कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया