मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना भाइरसबाट ५ हजार १७२ सङ्क्रमित, १५० को मृत्यु

भारतमा कोरोना भाइरसबाट ५ हजार १७२ सङ्क्रमित, १५० को मृत्यु


नयाँ दिल्ली । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार रातिसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १५० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
त्यसैगरी मङ्गलबार रातिसम्म यसका सङ्क्रमितको संख्या ५ हजार १७२ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । 
 
कोरोना भाइरस सङ्क्रमण रहेका ५ हजार १७२ जनामा ४२१ जना भने उपचार गरी घर फर्किएका छन् । हाल ४ हजार ६०१ जना अस्पताल र केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका सो मन्त्रालयले जनाएको छ ।
 
भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुस गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्र, तामिल नाडु र नयाँ दिल्लीमा यसका सङ्क्रमितहरु बढेको देखिएको छ । महाराष्ट्रमा ७४८, तामिल नाडुमा ६२१ र नयाँ दिल्लीमा ५२३ मा सो रोगका सङ्क्रमितहरु रहेका उक्त मन्त्रालयले जनाएको छ । 
 
भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर, दिन प्रतिदिन नयाँ सङ्क्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ । एएनआई