मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनद्वारा दक्षिण सुडानलाई एक हजार टन चामल सहयोग

चीनद्वारा दक्षिण सुडानलाई एक हजार टन चामल सहयोग


जुबा । चीनले पूर्वी अफ्रिकी देश दक्षिण सुडानलाई आपत्कालीन खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत एक हजार ४० टन चामल सहयोग गरेको छ ।
 
“चीनद्वारा पठाएको खाद्य सहायता अप्रिल ४ मा राजधानी जुबामा आइपुगेको छ र गत वर्षको विनाशकारी बाढी र मरुभूमि क्षेत्रमा देखिने सङ्क्रमणबाट प्रभावित पीडितहरूलाई वितरण गरिनेछ,” दक्षिण सुडानमा चिनियाँ दूतावासले सोमबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । 
 
सहयोगबारे दक्षिण सुडानका लागि चिनियाँ राजदूत हुआ निङले भने, “चीनले दक्षिण सुडानसँग खाद्यान्न सुरक्षा, स्वास्थ्य, राहत सहयोगजस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ र यो पछिल्लो सहयोग यसैको निरन्तरता हो ।”
 
“चीनले दक्षिण सुडानसँग कोभिड–१९ भाइरसको सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि निकै नजिकबाट सहयोग गरिरहेको बेला हामी भोकले आक्रान्त रहेका नागरिकलाई सहयोग गर्न यथासक्दो पहल गरिरहेका छौं,” हुआले भने । 
 
छ वर्षको गृहयुद्वका कारण प्रभावित दक्षिण सुडानमा गत हप्ताको अन्त्यमा कोभिड–१९ बाट सङ्क्रमित पहिलो व्यक्ति भेटिएका थिए भने अहिलेसम्म थप सङ्क्रमित व्यक्ति भने भेटिएका छैनन् । यहाँ कोभिड–१९ भन्दा पनि अहिलेसम्म गम्भीर खाद्यान्न असुरक्षा र कुपोषणको अवस्था रहेको भन्दै चीनले दक्षिण सुडानमा अन्य कार्यक्रमहरू पनि गर्दै आएको यसलाई निरन्तरता दिने उनले बताए ।
 
चिनियाँ दूतले बेइजिङ्को दृढ समर्थन दक्षिण सुडानलाई दिगो शान्ति र स्थायित्व प्राप्त गर्न सहयोग गर्नेमा रहने पनि बताए । 
 
“हामीलाई विश्वास छ कि शान्ति प्रक्रियाको निरन्तर प्रगतिका साथै दक्षिण सुडान र अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासले देशले अगाडि आउने चुनौतीहरूलाई पार गर्न सक्ने विश्वास लिएका छौँ ।” सिन्ह्वा