मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लकडाउन वैशाख ३ सम्म थप गर्ने सरकारको निर्णय

लकडाउन वैशाख ३ सम्म थप गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले विश्वव्यापीरुपमा फैलिँदै गएको कोरानो भाइरसको जोखिम रोकथामका लागि लागू गरेको लकडाउन थप आठ दिन लम्ब्याउने निर्णय गरेको छ ।  
 
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गरी वैशाख ३ सम्म कायम राख्ने निर्णय गरेको हो । 
 
सरकारले पहिलोचोटि चैत ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि आठ दिन थपेर चैत २५ सम्म कायम गरेको थियो ।  
 
गत बिहीबार बसेको उच्चस्तरीय समितिको १६औँ बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा सङ्क्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि सरकारले थप कडाइ गरेको थियो ।
 
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहजानसम्म निषेध गरी लकडाउनलाई झनै कडा पारिएको थियो ।
 
सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडानसमेत रोक्ने निर्णय गरेको छ । 
 
नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा एक जना निको भइसकेका छन् भने आठ जनाको विभिन्न अस्पतालमा उपचारी जारी छ ।