मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकालगायत विश्वभर रहेका नेपालीको समस्याप्रति कांग्रेस नेताहरुको चासो

अमेरिकालगायत विश्वभर रहेका नेपालीको समस्याप्रति कांग्रेस नेताहरुको चासो


अमेरिका । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले संसारलाई आक्रान्त बनाइरहँदा शक्तिसम्पन्न राष्ट्र अमेरिकालाई पनि अछूतो राखेन । अमेरिका संसारको सबैभन्दा प्रभावित देश हुन पुगेको छ । त्यसमा पनि न्यूयोर्क राज्य अझै बढी प्रभावित भएको छ । 
 
यो प्रकोपमा अमेरिकामा बस्दै आएका नेपालीहरुको परिस्थितिबारे कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गम्भीर चासो राखेका छन् । डा कोइरालाले नेपालीहरु के कसरी बसेका छन् भन्ने सम्बन्धमा नेविसंघका पूर्वमहामन्त्री वैज्ञानिक डा यादव पण्डित, नेविसंघका पूर्व केन्द्रीय सदस्य डा केशव पौडेल, महासमिति सदस्यहरू हरिबोल भण्डारी, विष्णु सुवेदी, महाधिवेशन प्रतिनिधिहरू प्रमोद सिटौला, हेमराज भट्ट, माया कडायतलगायत तरूण नेता अनन्तराज सुवेदी, विद्यार्थी नेता प्रभात सापकोटा, च्यापटर सभापति विश्वराज बास्तोला, अमेरिकाका विभिन्न राज्यका च्याप्टर सभापतिहरूलगायतसँग महामन्त्री डा शशांक कोइरालाले कन्फेरेन्सकल मिटिङ सम्पन भयो । 
 
उक्त कनफरेन्स बैठकमा सहभागीहरूले न्यूयोर्कलगायत अमेरिकको विभिन्न राज्यहरूको अवस्था र हालसम्म दिवंगत भएका नेपालीहरूको बारेमा महामनत्री कोइरालासँग अवगत गराएका थिए । 
 
त्यसपश्चात् महामन्त्रीले अमेरिकाको न्यूयोर्कलगायत विश्वभरिबाट दिवंगत भएका नेपालीहरूप्रति दुःख व्यक्त गदै नेपालीहरूलाई परेको समस्याप्रति गम्भीर भई म आफू सधैँ नेपालीहरुको साथमा रहेको र प्रधानमन्त्रीलाई भेटी अमेरिकालगायत विश्वभरि रहेका नेपालीहरूले भोगेका सबै खाले समस्याहरूबारे अवगत गराउने बताए । 
 
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकामा नेपालीहरूलाई परिआउने समस्यासँग आफू गम्भीर भएको र अमेरिकाको न्यूयोर्कलगायत विश्वभरिबाट दिवंगत भएका नेपालीहरूप्रति दुःख व्यक्त गर्दै आफू पनि यो समस्यामा साथमै रहेको बताएका छन् । सभापति देउवाले नेपालीहरूले भोगेका समस्याहरूका बारेमा के गर्न सकिन्छ प्रधानमन्त्री, मन्त्रीहरुसँग सल्लाह र छलफल गरी समाधान गर्न प्रयत्न गर्ने बताए ।  
 
सोही अवसरमा नेपाली कांग्रैसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अमेरिकालगायत विश्वभरि रहेका नेपालीहरूको पीरमर्कासँग आफू पनि सँगै रहेको र अमेरिकको न्यूयोर्क र विभिन्न देशमा दिवंगत भएका नेपालीहरूप्रति दुःख व्यक्त गर्दै देश बाहिर बस्ने सबै नेपालीहरूको समस्याप्रति आफू गम्भीर रहेको बताएका छन् । 
 
नेता पौडेलले यस्तो विषम परिस्थितिमा घरबाट बाहिर ननिस्कन सल्लाह दिँदै देश बाहिर बस्ने नेपालीहरूको समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने सम्बन्धमा सरकार, प्रधानमन्त्रीसँग छलफल गरी कार्यान्वयन गर्न आवश्यक पहल गर्ने बताए । 
 
त्यस्तै, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अमेरिकाको न्यूयोर्कलगायत विभिन्न देशमा दिवंगत भएका नेपालीप्रति दुःख व्यक्त गर्दै विश्वभरि छरिएर रहेका नेपालीहरूलाई परिआएको समस्याप्रति दुःख व्यक्त गर्दै आत्मबल दरिलो बनाई आआफ्नो घरमा सुरक्षित तबरले बस्नका लागि सबैलाई आह्वान गरे । 
 
यसैगरी, महामन्त्री पूर्णबहादुर खड्काले अमेरिकाको न्यूयोर्कलगायत विभिन्न देशमा दिवंगत भएका नेपालीहरूप्रति दुःख व्यक्त गर्दै अमेरिकालगायत संसारभरि रहेका नेपालीहरूको अवस्थाका बारेमा आफू चिन्तित भएको र श्री पशुपतिनाथले सबैको रक्षा गर्ने छन् भन्ने कामनासमेत गरी सबै नेपालीहरूलाई दुःखकष्ट सहेर पनि आआफ्नै घरमा सुरक्षित तरिकाले बस्न आह्वान गरे ।  
 
यस्तै, पूर्वमहामन्त्री प्रकाशमान सिंहले फोन सम्पर्क गर्दै नेपालीहरूको अवस्था र सरकारी तबरबाट भएगरिएका पहल र कार्यहरूको जानाकारी लिई अमेरिकाको न्यूयोर्कलगायत विभिन्न देशमा दिवंगत भएका नेपालीहरूप्रति दुःख व्यक्त गर्दै अमेरिकालगायत विश्वभरि छरिएर रहेका नेपालीहरूलाई परेको समस्याप्रति आफू पनि साथमै रहेको जानकारी गराए । यस कठिन परिस्थितिमा आफूलाई राखी नेपाली समुदायलाई सक्दो सहयोग गर्न प्रोत्साहनसमेत गरे । 
 
अमेरिकालगायत विश्वभर रहेका नेपालीबारे चासो राख्दै सहमहामन्त्री डा प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, अर्जुन नरसिंह के सी, डा रामशरण महत, सुजाता कोइराला, सुरेन्द्र पाण्डे, सरिता प्रसाईं,  दीपक गिरि, अर्जुन जोशी, नविन्द्रराज जोशी, नरहरि आचार्य, डा मिनेन्द्र रिजाल, बालकृष्ण खाँड, गोविन्द भट्टराई, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, कमला पन्त, धनराज गुरूङ, रोमी गौचन, जीवन परियार, हृदयराम थानी, डिना उपाध्याय, एनपी साउद, चन्द्र भण्डारी, शकर भण्डारी, गगनकुमार थापा, दिलेन्द्र बडु, प्रदीप पौडेल, गुरू घिमिरे, उमाकान्त चौधरी, संजय गौतम, देव तिमिल्सिना, युवा नेता मधु आचार्य, तरूण दलका अध्यक्ष जीतजंग बस्नेत नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रन्जीत कर्ण युवा नेता प्रगतिमान रञ्जित, भरत तिवारी र नेपाली कांग्रेसका नेत्री मृदुला कोइरालासमेतले अमेरिकालगायत विश्वभरि दिवगत भएका नेपालीहरूप्रति दुख व्यक्त गर्दै नेपालीहरूको समस्यामा सधैँ साथ रहेको बताएका थिए । 
 
साथै, उनीहरुले यस गम्भीर परिस्थितिमा आआफ्नो घरमा बसी सुरक्षित रहन विश्वभरि छरिएर रहेका नेपालीहरूलाई आह्वान गरेका छन् ।