मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त


न्यूयोर्क (अमेरिका) – दुइ दिनको अन्तरमा न्यूयोर्कमा तीन नेपालीको निधन भएकोमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । 
 
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति अनन्द विष्टलाइ फोन गर्दै देउवाले दुःख व्यक्त गर्नुभएको हो । ‘सभापति देउवाले एकै दिन यसरी नेपाली दाजुभाईको निधनको खबरले आफु स्तब्ध भएको भन्दै दिवंगत व्यक्तिहरुप्रति श्रद्धान्जली अर्पण गर्दछु भन्नुभएको छ‘ विष्टले भन्नुभयो ।
 
उहाँले कठिन घडीमा जोगिएर रहन समेत सबै नेपालीलाइ अपिल गर्नुभएको छ । ‘म जनसम्पर्क समितिको सभापति र नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यका हैसियतले पार्टी सभापति देउवाज्यूले अमेरिकामा रहेका नेपालीहरुको अहिलेको स्थितिप्रति देखाउनु भएको गम्भीर चासो,चिन्ता र सदभावका लागि सबै नेपाली समुदायको तर्फबाट आभार व्यक्त गर्दछु‘ विष्टले हिमालय खबरसँग भन्नुभयो ।