विचार / ब्लग

कोभिड-१९ ले बालबालिकामा पार्न सक्ने मनोवैज्ञानिक त्रास र निदानका उपायहरु

- भोजबहादुर बलायर

प्रकाशित |
अहिले कोभिड-१९ को प्रभावले बिश्व नै एक किसिमले त्रसित देखिन्छ । यस रोगबाट मर्नेहरुको संख्याभन्दा पनि सुचना प्रबिधीको बिश्वब्यापीकरणको सहज पहूँच र समय-समयमा निस्कने तथ्याङ्क र केही बढाई चढाई गरिने भ्रमात्मक सस्तो लोकप्रयताका बिश्लेषणहरुले मानवहरुमा एक किसिमको त्रासको वातावरण श्रृजना गरेको अवस्था छ । यसको मतलव यो हैन कि मानिसलाई सजकता अपनाउन सूचनाको नित्तान्त आवस्यकता आकलन कम गर्नु पर्छ । तर यो पनि भुल्नु हुदैन कि सम्प्रेसित समाचारले समुदायमा कस्तो असर पार्छ ।
 
आज घर देश भन्दा पनि पराई भूमीमा रहेका दाजुभाईहरुलाई झनै एक्लोपन र टाढाको महसुस भैरहेको छ । यसले  एकान्तवासका दिनहरुमा समाचार मात्र हेर्ने बानि बढ्दो छ । भने भ्रमाक कन्सपेरेन्सि सिध्दान्तका मसिहाहरुले निकाल्ने भ्रामक समाचारबाट त झनै समाज र अझै नेपालबाट हाल प्रवासमा भेटघाटको दौरानमा रहेका बृध्दबृध्दाहरुको मनोबिज्ञानमा झनै ठूलो असर पर्न गान सक्ने देखिन्छ । यसले हरेक बर्गका ब्यक्तीलाई फरक फरक किसिमले मनोबैज्ञानिक असर पार्न सक्छ ।
 
जस्तै हरेक दिन काममा खटिरहनेलाई राती घरमा स्वयमलाई ज्वरो नभए पनि ज्वरो आएको डर र त्रास हुन सक्छ, बृध्दबृध्दा र रोगबाट पिडितलाई कुनै समाचारको बिचारले निदाउन नदिने रोग लगाएको हुन सक्छ । समस्या हरेका फरक हुन सक्छन । तर यहाँ बालबालिकाहरुलाई बिचार गरेर पर्न सक्ने जोखिम र सजिलै घरमा  कसरी निदान गर्न सक्छौ भन्ने केही ब्यबहारीक जानकारीहरु पस्कने प्रयास गरिएकोछ ।
 
अहिले प्रायः बिश्वभरका बिधालयहरु बन्द रहेको अवस्थामा छन । बालबालीकाहरुले अनलाइन मार्फत आफ्नो पढाई गरि रहेको र अनलाईनको पहूँच नभएका ठाउँमा घर भित्रै बस्नु पर्ने अवस्था छ । स्वभावत बालबालिकाहरु चन्चल हुन्छन । उनीहरु लामो समय सम्म एक ठाउँमा बस्न सक्दैनन । उनीहरुको लागि घर परिवारका सदस्य जस्तै माया गर्ने र मन पर्ने धेरै साथीहरु बिधालयको सम्पर्कमा रहँदा बनाएका हुन्छन । छर छिमेकका साथीहरुसंग खेलेका रमाईला दिनको यादहरु हुन सक्छन ।
 
नजिकका पसलहरुमा किनमेल र खाना नास्ता गरेका कुराहरु सम्झना हुन सक्छन । यति मात्र हैन उनीहरु भित्री संसार भन्दा प्रकृतीसंग रमाउने  र बढी आनन्दित हुने हुन्छन । त्यसैले स्वभावत हालको यस बन्दी परिस्थितिले उनीहरुको मानसिक, सम्वेदनात्मक, सामाजिक एवम् शाररीक पक्षमा असर पर्न सक्ने हुन सक्छ ।
 
हुनत कोडिभी १९ ले बालबालिकामा के ति मात्रामा के कस्तो असर परयो भनेर अहिले नै अध्ययन बैसकेको अवस्था छैन तथापि बिगतका यस्ता घट्नाहरुलाई केलाएर हेर्ने हो र एक्लिएको अवस्थामा वालबालिकामा पर्न सक्ने मनोबैज्ञानिक त्रासलाई हेर्ने हो भने सजिलै अनुमान लागाउन सकिन्छ ।
 
जसमा यस्ता किसिमका समस्याहरु परिवारका सदस्यहरुले बेलाबेलामा सुनाउने त्रासदी समाचारको डर, भय, त्रासबाट उत्पन्न हुन जान्छ । भने आफ्ना साथी र शिक्षकहरुबाट टाढिँदा पर्न जाने मानसिक चिन्ता, मनका कुण्ठा, दिक्दारीपनले पनि मनोबैज्ञानिक असर पर्न सक्छ । साथै कुनै बिधार्थीहरु आफ्नो पठनपाठन छुटेको र बिधालयबाट टाढीएको मासिक पिडामा हुन सक्छन ।
 
यस्तो अवस्थामा कसैले आफ्ना मनका कुरा राख्न सक्छन भने कसैले यी बिचारहरु ब्यक्त नगरेको पनि हुन सक्छ । यसैले हामी अविभावकले के गर्न सक्छौ केही बुँदागत उपायहरु यहाँ प्रस्तुत गरिएकोछ ।
 
१ . बालबालिकाहरु राति सुतेको बेलामा बरबराउने वा सपनामा डराउने, रुने कराउने वा यस्तै किसिमका अन्य केही असामान्य ब्यवहार देखाउन थालेको अवस्था देखियो भने परिवारका अविभावकले एकान्तवासले पारेको असरलाई हटाउन उनीहरुसंग रमाउने साथीको रुपमा संगै खेल्ने दिउँसो विभिन्न क्रियाकलापमा सहभागी हुने र सकरात्मक सन्देश दिने कथाहरु सुनाउने, राम्रा फिल्महरु हेर्ने गर्नु पर्ने हुन सक्छ वा अन्य सकरात्मक सोचाईका क्रियाकलापहरुमा सहभागी आफु पनि होऔ र नानीहरुलाई पनि गराऔ ।
 
२ .भरसक नराम्रा समाचारहरु नहेर्ने र हेरे पनि बालबालिकाहरुको सामुने नहेर्ने गरौ । बालबालिकाहरुलाई यति जना मरे यस्तो डरलाग्दो अवस्था आदि नकरात्कम कुराहरु नसुनाऔ र सुनाउनु नै परे पनि सकरात्मक रुपमा हामीले यस्तो ब्यवहार गरेमा सजिलै पराजित गर्न सक्छौ डराउनु पर्दैन भन्ने जस्ता कुराहरु परिवारमा छलफल गरौ ।
 
३ .बालबालीकासंगै बसेर बिहान देखि बेलुका के के गर्ने सामुहिक दैनिकी तयार गरौ जसले तपाईं र बालबालिका सबैलाई बिहान उठे देखि खाजा बनाउने, खाना बनाउने, भाँडाधुने, पढ्ने देखि हरेक क्रियाकलापमा संगै सहभागी गराउनु होस जसले दिन सहजै काटिन्छ र नकरात्मक सोच नै दिमागमा बन्न पाउदैन ।
 
४ .बिहान हरेक दिन ध्यान, प्रणायाम र सजिला योग अभ्यास गराउन सक्नु हुनेछ । जसमा सकरात्मक सोचका सन्देशहरु बाट ध्यानमा केही समय बिताउदा बालबालिका र अबिभावक सबैलाई सकरात्मक हुन सहयोग गर्छ ।
 
५ .बाल केन्द्रित स-साना क्रियाकलापहरु जस्तै नेपाली र अंग्रेजी अक्षर लेख्ने र काटेर  अक्षेर वा बाक्यपत्ती बनाएर तासमा चोर खेले जस्तै र अरु यस्तै खेलहरु खेलेर स-साना नानीहरुसंग केही समय रमाउन सक्नु हुनेछ भने ठूला बिधार्थीलाई नेपाली वा अंग्रेजीमा कथा लेखन, कबिता लेखन बा अन्य कृती तयार गराउन सक्नु हुनेछ जसमा तपाईं साथ साथै बसेर गराउन पर्नेछ ।
 
६ . अन्य क्रियाकलाप जस्तै चित्रकोर्ने, पेन्टिङ गर्ने, कोठा मिलाउने, सरसफाई गर्ने, नेपाली परिकार बनाउने आदि बिभिन्न क्रियाकलापमा सहभागि गराउन सक्नु हुनेछ ।
 
७ .दिनमा एक पटक उनीहरुका सहपाठी बिच कुरा गराउने, सकभर भिडियो च्याट गराउने र नेपालमा रहेका अविभावकसंग कुरा गराउने आदि अन्तरक्रियात्मक र नेपालका हजुबुवा हजुरआमासंग नेपाली पुराना हजुरबुवा हजुरआमाका कथा सुन्ने र लेख्ने कार्यमा सरिक गराउन सक्नु हुनेछ ।
 
यसका अलाव तपाईहरुले धेरै श्रृजनात्मक क्रियाकलापहरु गुगलमा खोजेर गराउन सक्नु हुनेछ जसवाट बालबालिकहरुलाई एक्लोपनको त्रासबाट बचाउन सकिने। तर यसमा होस पुरयाउनु पर्ने कुरा अविभावकले बालबालिकाहरुलाई पुरै समय उसको साथी, शिक्षक, अविभावकको भुमीका निर्वाह गरेर बिताउनु पर्नु छ ।
 
आफु सोफामा बसेर बालबालिकालाई काम गर्न लगाउने र मोबाइल बा फेसबुक वा अन्या सामाजिक संजालमा बरालिने वा वा नचाहिदा समाचार  हेरेर दिन बिताउने काम गर्नु भयो भने तपाईले दिनभर नै घरमा बसेको बालबालिकाको लागि लाभदायक हुने छैन ।
 
यसैले अहिलेको अवस्थामा बालबालिकाको मनोविबैज्ञानिक समस्या समाधान गर्न चाहनु हुन्छ भने सकरात्मक भावनाकासाथ पुर्णरुपमा बालबालिकामा समर्पित हुनुहोस । यसले हामी र हाम्रा नानीहरुलाई अहिलेको परिस्थितीसंग जुध्न सकरात्मक सहयोग हुन सक्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया