मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

७२ साल को त्यो ७२ घण्टा

७२ साल को त्यो ७२ घण्टा


शनिबार पनि क्लास हुने भएकोले, कलेज देखि आएर खाना खाइवरि बेडमा बसेर ल्यापटप खोल्नै लाग्दा भूकुम्पले हल्लाउन थाल्यो, सुरुमात सानो आको होला भन्ठानेर भाई हरुलाई भुकुम्प आयो भने तर जब बेस्सरी हल्लाउन थाल्यो त्यो बेला ढोका सम्म पुगीसकेको थिए र लाग्न थाल्यो अरु नै केहि हुन लाग्यो अनि सम्झ्ये अब कोहि संग भेट हुन्न यतिकै पृथ्बी धोस्त हुन्छ!!!

घर तिर सबैको याद आइरहेको थियो र कल गर्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो तर मोबाइल बेडमा थियो र बेड सम्म जान सक्ने अवस्था थिएन! सोच्दा-सोच्दै येस्सरी घुम्यो कि रिंगटा लागेर झन्डै ढलिन, हामी बस्ने घर छेउको घरको छतमा भएको ड्रम खसेछ,ठुलै आवाज आयो र छेउमा भाको जुत्ता र्याक ढले पछि चाही – भगवान रोकिज़ा, भगवान रोकिज़ा भन्दै पुकार्न थाले! भाईहरु- एक जना कम्प्युटर टेबल मुनि छिरेछ, अर्को कुर्सि भित्र छिर्न खोज्दै थियो भने अर्को बिचमा अल्मल्लिरहेकोले म तिर बोलाए!

केहि बेरमा रोकिए पछि भएको जति ६,७ हजार रुपैया अनि मोबाइल बोकेर भाई हरु म सबै निस्कियौं! हामि बस्ने घर देखि  निस्कन बाइक छिर्ने सम्म को बाटो मात्रै थियो र एक तिर देखि ओहोर दोहोर गर्नु पर्थ्यो निस्किन लाग्दा बाटोमा एक तिरको घरको पानि ट्यांकी राख्ने छत् अर्को घरको भित्तामा गएर अड्किएको थियो र केहि इट्टाहरु बाटोमा थुप्रिएका थिए र अड्किएको भाग झर्छ कि भन्ने डर थियो त्यसैले पालै-पालो माथि तिर हेर्दै निस्कियौं! घट्टेकुलो देखि मैतीदेवी  तिर निस्कने बाटोमा मान्छे हरुको निकै भिडभाड थियो, सबै जना त्रास र हत्तारमा देखिन्थ्ये! अलि अगाडी पुगे पछि सानो चौर आयो र सुरक्षित ठानेर एकछिन त्यही उभीयौं,मोबाइल मा नेटवर्क नभएकोले कतै कुरा हुन सकेको थिएन एकछिन पछि भाइको म्यासेज आयो र धरहरा ढल्यो रे भन्ने पनि भाई बाट नै थाहा पाए! भुकम्प को धक्का आइरहेकोले सबै जनामा झन् डर त्रास बढीरहेको थियो-बच्चाहरु रोइरहेका थिए, कोहि हे पशुपतिनाथ, राम राम, भन्दै पुकार्दै थिए! त्यहाँ धेरै भिडभाड हुन थाल्यो र सेतो पूल छेउको खुल्ला ठाउमा २ घण्टा बस्यौं र बाटोको बीच तिर देखि करिब ४५ मिनेट हिडे पछि टुँडिखेल पुग्यौं! ढलिसकेको धरहरा तिर जान सक्ने अवस्था थिएन भने आकासमा हेलिकप्टर उडिरहेका, यम्बुल्यन्स अनि पूलिस भ्यानहरु र मान्छे हरुको निकै नै चहलपहल देखिन्थ्यो!केहि समय पछि निकै नै भिड बढ्न थाल्यो, कोहि-बिदेशी न्युज  हरुले भनेका रे अझै ठुलो भुकुम्प आउने हो रे भन्दै थिए!

 

निकै प्रयास पछि नया बजार बस्ने साथी संग कुरा भयो र रत्न पार्क मा भेट भयो! बाटोमा मान्छेहरुको निकै नै चहल पहल भैरहेको थियो,घाम ढल्किदै साँझ पर्न लाग्दै थियो,बाटोको बिचमा दौडदै गर्दा ओरिपरिका घर हरु भत्किदै गर्दाको साथीको दर्दनाक कहानी सुनिसकेर अब रात कसरि बिताउने योजना बनाउदै हिडदै मैतीदेवी पुग्यौं! कोठामा गएर हतार हतार केहि पातलो ओड्ने कपडा अनि ज्याकेट लगाएर निस्कियौं! मान्छे हरु लत्ता कपडा बोकेर खुल्ला मंच,टुँडिखेल तिर जाँदै थिए, हामि पनि टुँडिखेल जान भनेर हिड्यौं! झमक्क साँझ परिसकेको थियो,पसलहरु सबै बन्द थिए, खाने कुरा केहि थिएन! डिल्लीबजार ओरालोमा हिड्दै गर्दा एउटा सानो किराना पसल खुल्लै रहेछ- दालमोट,बिस्कुट,चिउरा,जूस किनेर लग्यौं! तर खाने बेलामा थाहा भयो त्यस्मधे केहि खाने कुरा म्याद सकिएर बिग्रेको परेछ, खानै मिलेन! त्यो बेलामा टुँडिखेल मा रामदेव बाबाको योग सिबिर भैरहेकोले त्यहाँ भुइमा लामो-लामो कपडाको कार्पेट बिछैएको रहेछ र सबै मान्छेहरु त्यसैलाई निकाल्दै आफ्नो-आफ्नो टेन्ट बनाउन मा ब्यस्थ थिए! हामीले चारै तिर कार्पेट खोजेउ तर कतै भेटिरहेको थिएनौ, त्यतिकैमा एक जना नचिनेको भाइले २ ओटा राखिरहेको रहेछ, एउटा मागेर त्यसैको टेन्ट बनाउन लाग्यौं! जसो तसो केहि २ मिटर जति लामो काठ हरु खोजेर ल्यायेउ र कार्पेट धेरै नै लामो भएकोले बिछायर तेसैलाई घुमाएर टेन्ट जस्तो बनायौं, यति भैसके पछि चाही रात काट्न सकिन्छ जस्तो लागेको थियो! बेल्काको १० बजिसकेको थियो, सिमसिमे पानि पर्दै थियो,टेन्ट नहुने मान्छे हरु येतिकै हल्ला गर्दै हिडिरहेको थिए!

बेल्का सम्म नेटवर्क ले काम गर्न थालिसकेको थियो, केहि समय सबै जना फोन मा ब्यस्थ भयौ! जमिनमै सुतेको भएर पनि होला सानो भुकुम्प आको पनि सजिलै थाहा हुन्थ्यो र भुकुम्प आउन साथ् सबै जना आयो-आयो भन्दै कराउन थाल्थे, करिब १ बजे अलिअलि भाको खाने कुरा खाएर सुत्यौं!

५ बजे नै मान्छे हरुको हल्ला-कल्ला सुरु भैसकेको थियो, पानीले अलि-अलि मुख पुछ्दै फ्रेश भएर साथी र म न्यु-रोड हुदै बसन्तपुर सम्म पुगेर बिर-हस्पिटल(बाहिरको अवस्था हेरी सक्नु थिएन) हुदै फर्कियौं! कान्तिपुर पत्रिका हेरे पछि र पढे पछि बल्ल थाहा भयो कहाँ कति छेती भएछ भनेर! बिहानको १० बज्न थालिसकेको थियो के खाने केहि टुंगो थिएन! पुरानो बुस-पार्क तिर खाजा घर खुल्लै छन् कि भनेर साथी र म निस्कियौं, १,२ ओटा औसधि-पसल बाहेक कहिँ कतै कुनै पनि पसल खुल्लै थिएनन्! एक जना दाइले ठेलामा फलफुल बेचिरहेको भेट्यौं र केरा,स्याउ, औसधि-पसल देखि केहि बोत्तल पानि किनेर लग्यौं! दिउसो १२ बजे तिर अलि ठुलो भुकुम्प आयो,सुन्धारा तिर घर ढलेको जस्तो ठुलै आवाजले सबै जनामा त्रास थपिदियो! अलि ठुलो प्लास्टिक ल्याएर टेन्ट को माथि राख्यौ र अब चाही सानो तिनो पानि सजिलै तैरिने खालको अलि ब्यबस्थित बनायौ! दोश्रो रात पनि बिस्कुट,चाउचाउ खाएर पहिलो रात जसरि नै बित्यो!

तेश्रो दिन मान्छे हरु टुँडिखेल छोड्दै थिए भने हामीले पनि घर जाने योजना बनायौं! बिहान ९ बजे मैतीदेवी गएर हतार-हतारमा अति-आबश्यक समानहरु बोकेर बस-पार्क ट्याक्सीमा गयौं! अब जसरि हुन्छ छिटो भन्दा छिटो काठमाडौँ छोड्ने हाम्रो लक्ष्य थियो भने बस-पार्क मा दशैं-तिहार मा भन्दा बढी मान्छेहरुको भिड थियो! काठमाडौँ देखि बाहिरिने सबै बस हरु छतमा पनि खुट्टा टेक्ने ठाउँ नहुने गरेर भरिएका देखिन्थ्ये! बस-पार्क छेउको खोलामा फोहोर को थुप्रोमा कसले आगो लगाइदिएको रहेछ, जमिन मुनि देखि धुवाको मुस्लो आयो भन्दै सबै जना भागा-भाग गर्न थाले, हामि भने जुस,बिस्कुट खादै कसरि काठमाडौँ देखि निस्कने भन्दै भौतारिदै थियौं!

चितवन सम्म ट्याक्सीमा भए पनि जाने भनेर धेरै प्रयास गर्यौं तर कोहि जना मानेनन्! बेलकासम्म कुनैन-कुनै पश्चिम जाने बस पाइएला भन्ने झिनो आसमा प्रतिक्छ्यालएमा बसिराख्यों, राम्रो संग नसुतेको र नखाको ४८ घण्टा बितिसकेको थियो, १ घण्टा जतित त्यही बसेकै ठाउमा सुतेछु! बेलका हुन थालिसकेको थियो अब बस-पार्कमा केहि उपाए थिएन, थुप्रै चिनेको मान्छे हरु संग भेट भैरहेको थियो! सबै जना हतार अनि त्राशमा देखिन्थ्ये! सबै जना कलंकी जान थाले, हामीलाई पनि कलंकी देखि कुनैन कुनै गाडी त भेटिएला भन्ने लागेर कलंकी जान भनेर रिङ्ग-रोड मा आयेउ तर हिडेर जाने बाहेक अरु कुनै उपाए थिएन! सबै जान हिडेर जादै थिए, बाटो को छेउमा कुनै भास्सिएका,कुनै ढल्नै लागेका घर हरु हेर्दै राति ११ बजे कलंकी पुगेउ! त्यहाँ निकै भिड-भाड थियो भने २,३ ओटा पोखरा,चितवन देखि आएका हाइस बाहेक अरु कुनै पनि गाडी थियनन!

येतिकैमा बिरगन्ज जाने बस आयो, नारायणघाट सम्मको लागि ४ जनाको २ हजार तिरेर सिट मिलाउन लगाएर बस चढ्यौ! धेरै थकाई,निन्द्रा,भोक ले रन्थनिएका हामि बस गुड्न थाले पछि निन्द्रा लागि हाल्यो, पर्दा लगाइरहेको थियो र झ्याल देखि चिसो चिसो हावा आइरहेको थियो, सिसा लगाउनु पर्यो भनेर हेरेकोत सिसा नै थिएन,अगाडी देखि नि हावा आइरहेको थियो, ड्राइभर अगाडिको पनि सिसा फुटेको रहेछ, पुरै खुल्लै! ड्राइभर दाइ  रुमालले मुख छोपेर ब्लान्केट ओढेर गाडी हाकिरहेका थिए! छेउमा घुडाले पर्दा च्यापेर जसो तसो चिसो छल्दै सुते जस्तो गरे! गाडी गुडीरेहे पनि बिचबिचमा भुकुम्पले हल्लाको जस्तो महसुस भईरहेको थियो! मुग्लिन मा एकछिन रोकेर गाडी बिहान ६ बजे नारायणघाट पुग्यो!त्यतिनै बेला दाङ्ग जान लागेको बस भेटियो र बुटवल सम्म गाडी आउन लागेको भएर बुटवल सम्म त्यस्मै जानको लागि चढ्यौ!

१० बजे बुटवल पुग्दा खेरि आकाशमा कालो बादल मडारिरहेको थियो,पुरै अँध्यारो थियो,डर त्राश अझै कम भएको थिएन, हतार-हतारमा खाना खाएर १२ बजे बुटवल छोड्यौं! गाडी जति अगाडी बढ्दै थियो त्यती धेरै सुरक्षित महशुस हुदै थियो, यस्तो लागिरहेको थियो कि-हामीलाई कुनै कुराले पछाडी देखि लखेटिरहेको थियो भने हामि बाच्नको लागि भागिरहेको थियौं! अनेक कुरा हरु सोच्दै,बाटोमा खाने कुरा हरु खादै बेलका ९ बजे रुकुम-चौरजहारी पुगियो!

धन्यबाद I