मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेक्सिकोले बन्द गर्‍यो कोरोना वियरको उत्पादन

मेक्सिकोले बन्द गर्‍यो कोरोना वियरको उत्पादन


मेक्सिको सिटी (मेक्सिको) । मेक्सिकोले कोरोना वियरको उत्पादन अस्थायी रुपमा बन्द गरेको छ । वियर उत्पादक ग्रूपो मोडेलोले बिहीवार कोरोना वियर र अन्य ब्रान्डहरुको उत्पादन बन्द गरेको छ ।
 
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको आदेशमा कम्पनीको व्यवसायिक गतिविधि गैर–अत्यावश्यक घोषित गरेपछि कम्पनीले यस्तो कदम चालेको हो ।
 
कोरोना भाइरस संक्रमितको संख्या एक नाघेपछि मेक्सिको सरकारले यसै हप्ता स्वास्थ्य संकटकालको घोषणा गर्दै अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाएको थियो ।
 
उत्पादन बन्द आइतवारदेखि लागू हुने कम्पनीले एक विज्ञप्तिमा बताएको छ । कोरोना भाइरससँग मिल्दो नामका कारण माग घट्न थालेपछि कम्पनीले यस अघि नै उत्पादनमा कटौती गरेको थियो ।
 
उत्पादन प्रतिबन्ध हटेपछि सुचारु हुने बताइएको छ । कृषि र खाद्य उत्पादन अत्यावश्यक गतिविधि अन्तर्गत पर्छ ।
 
सरकारले वियरलाई एग्रो–इन्डष्ट्रिय उत्पादनको मान्यता दिएको छ । ७५ प्रतिशतभन्दा बढी कर्मचारीलाई घरबाटै काम गर्न दिइने योजनासमेत कम्पनीले तयार पारेर राखेको छ । एजेन्सी