मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लकडाउन थप कडा बनाउने मन्त्रिपरिषद्को निर्णय

लकडाउन थप कडा बनाउने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि घोषणा गरेको लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । 
 
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नयाँ चरणमा प्रवेश गरेको निष्कर्षसहित लकडाउन अझै कडा पार्ने निर्णय गरेको
हो । 
 
बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्‍यापिड परीक्षण गर्ने र र्‍यापिड परीक्षणमा पोजेटिभ देखिएकालाई पुनः पिसिआर विधिबाट परीक्षण गर्ने निर्णय गरेको छ । 
 
साथै, हाल कायम रहेको लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावत रोक्ने निर्णयसमेत गरेको छ ।
 
सरकारले हालसम्मको लकडाउन सफल भएको निष्कर्ष निकालेको छ । विश्वव्यापीरुपमा फैलिँदै गएको कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । यस्तै, १८ चैतपछि दोस्रोपटक थप गरेको थियो । सो अवधि २६ चैतमा सकिँदैछ ।