मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतबाट फर्किएका दुई व्यक्तिमा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या नौ पुग्यो

भारतबाट फर्किएका दुई व्यक्तिमा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या नौ पुग्यो


काठमाडौँ । नेपालमा थप तीन व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालभित्र पहिलोपटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएको हो ।  
 
यसअघि कैलालीमा दुबईबाट फर्किएका एक पुरूषमा कोरोनाको संक्रमण देखिएको थियो । शनिबार उनकै भाउजू नाता पर्ने ३४ वर्षीया महिलामा पनि कोरोना भाइरस पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या नौ पुगेको छ । 
 
नेपालमा पहिलोपटक एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जनाएको छ।
 
यसअघि युरोप र खाडीबाट आएका नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । 
 
शनिबार भारतबाट आएकाहरूमा पनि कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।
 
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत छन् । जसमा दुई जनाको टेकु, दुई जनाको बाग्लुङ र एक जनाको धनगढीमा उपचार भइरहेको छ ।