मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ : विश्वभर १३ लाख ४६ हजार बढी संक्रमित, ७४ हजार ६९७ को मृत्यु

कोभिड-१९ : विश्वभर १३ लाख ४६ हजार बढी संक्रमित, ७४ हजार ६९७ को मृत्यु


काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण मंगलबार बिहानसम्म विश्वभर २०९ देशका १३ लाख ४६ हजार ५६६ मानिस बिरामी भएका छन् ।
 
यस महामारीबाट मृत्यु हुनेको संख्या ७४ हजार ६९७ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ९ लाख ९३ हजार १७४ को उपचार जारी छ भने २ लाख  ७८ हजार ६९५ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ४७ हजार २५६ को अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।  
 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी संकट संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ तीन लाख ६७ हजार ४ कुल सङ्क्रमित भएका छन् भने १० हजार ८७१ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख ३६ हजार ४६२ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 
अमेरिकामा बुधबार १०४९, बिहीबार ९७४, शुक्रबार १०४५ जना, शनिबार १३३१ जना, आइतबार ११६५ र सोमबार १२५५ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मात्र १ लाख ३१ हजार ९१६ संक्रमित भएकोमा ४७५८ ले ज्यान गुमाएका छन् । जसमा सोमबारमात्रै ५९९ को मृत्यु भएको छ । 
 
स्पेनमा एक लाख ३५ हजार ३२ कुल सङ्क्रमित भएका छन् भने १३ हजार १६९ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४ र सोमबार ५२८ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, इटालीमा कुल एक लाख ३२ हजार ५४७ संक्रमित भएका छन् भने १६ हजार ५२३ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५ र सोमबार ६३६ को मृत्यु भएको छ । 
 
जर्मनीमा १ लाख १ हजार ८९ कुल सङ्क्रमित भएका छन् भने १६१२ को मृत्यु भएको छ । 
 
यस्तै, फ्रान्समा ९८ हजार १० कुल सङ्क्रमित भएका छन् भने ८९११ को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८ र सोमबार ८३३ जनाले ज्यान गुमाएका छन् । 
 
चीनमा ८१ हजार ७०८ कुल सङ्क्रमित भएका छन् भने ३३३१ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ७८ रहेको छ । चीनमा हाल १२९९ जनाको उपचार जारी रहेकोमा २६५ को अवस्था जटिल छ । 
 
इरानमा ६० हजार ५०० कुल सङ्क्रमित भएका छन् भने ३७३९ व्यक्तिको मृत्यु भएको छ । 
 
बेलायतमा ५१ हजार ६०८ कुल सङ्क्रमित भएका छन् भने ५३७३ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१ र सोमबार ४३९ जनाले ज्यान गुमाएका छन् । 
 
स्वीट्जरल्याण्डमा २१ हजार ६५२ संक्रमित छन् भने ७३४ जनाको ज्यान गएको छ । बेल्जियममा २० हजार ८१४ संक्रमित भएकोमा १६३२ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १८ हजार ८०३ संक्रमित भएकोमा १८६७ जनाको मृत्यु भएको छ । 
 
यसैगरी, दक्षिण कोरियामा १८६, अस्ट्रियामा २२०, टर्कीमा ५७४, क्यानडामा २९३, पोर्चुगलमा ३११, डेनमार्कमा १८७ र जापानमा ८५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 
 
यस्तै, भारतमा कुल ४६९३ संक्रमित भएकोमा १२९ जनाको ज्यान गएको छ । पाकिस्तानमा ३६६२ संक्रमित भएकोमा ५२, थाइल्याण्डमा २६, बंगलादेशमा १२ र अफगानिस्तानमा ७ जनाको मृत्यु भएको छ । 
 
अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ । एजेन्सीहरुको सहयोगमा