मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अनलाइनबाटै पुस्तक विमोचन र हस्तान्तरण

अनलाइनबाटै पुस्तक विमोचन र हस्तान्तरण


ड्यालस (टेक्सस) – कोरोना भाइरसका कारण अमेरिकामा रहेका नेपालीहरुका औपचारिक कार्यक्रमहरु रद्ध भैरहेको समयमा नयाँ प्रयोगबाट शुक्रबार एउटा कार्यक्रम सम्पन्न भएको छ ।
 
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तरगतको टेक्सस च्याप्टरले शुक्रबार साँझ जुम भिडियो प्रविधिबाट एउटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकामा रहेका नेपालीमुलका बालबालिकाहरुलाई उपयोगी पुस्तकको विमोचनको औपचारिक कार्यक्रम, पुस्तक विमोचन र हस्तान्तरण समेत भिडियोबाटै भएको छ ।
 
नेपालको सार्वजनिक शिक्षाक्षेत्रमा लामो समय कार्यरत रहि हाल ड्यालसलाई कर्मथलो बनाएका भोजबहादुर बलायरद्वारा लिखित दुई पुस्तकहरु ‘मेरो नेपाली अक्षरमाला’ र ‘नेपाली नैतिक ज्ञानदर्शन’ विमोचन गरियो । 
 
टेक्सस च्याप्टरले छपाई गरेर ल्याएको उक्त पुस्तकहरु शुक्रबारनै नेपाली समाज टेक्ससद्वारा सञ्चालित पाठशालालाई हस्तान्तरण गरियो । उक्त पुस्तक पाठशालाका प्रिन्सिपल विजयराज भट्टराईलाई एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालले अनलाइनबाटै हस्तान्तरण गरेका थिए । 
 
टेक्सस च्याप्टरले दुबै पुस्तकहरु एकएक हजार प्रति छपाई गरेर ल्याएको छ । त्यस कार्यमा ५ हजार डलर खर्च भएको सचिव सोफिन थापाले जानकारी दिए । 
 
कार्यक्रममा एनआरएन आइसिसीका सचिव गौरीराज जोशीले अमेरिकामा सञ्चालनमा आइरहेका र अब सुरु हुने नेपाली पाठशालाहरुका लागि यो पुस्तक निकै सहयोगी हुने विचार राखे । उनले आपूm नेपाली समाज टेक्ससको अध्यक्ष हुँदा १७ वर्ष अघि पाठशाला सुरु गर्दाको अवस्थाका बारेमा स्मरण गर्दै पाठ्याक्रममा एकरुपताका लागि पुस्तक निकै उपयोगी हुने विचार राखेका थिए । 
 
सोही अवसरमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले अमेरिकाभरि यो पुस्तकलाई पु¥याउने प्रतिवद्धता जनाए । उनले अनलाइनमा पनि यो किताव राख्ने योजना सुनाए । 
 
विमोचन कार्यक्रममा समाजसेवी तथा टेक्ससमा नेपाली पाठशाला सञ्चालनमा निकै महत्वपुर्ण भूमिका खेल्दै आएका डा. मुरली अधिकारी, नेपाली समाजका अध्यक्ष दिनेश शर्मा, प्रिन्सिपल भट्टराई, लेखक बलायर लगायतले पुस्तक प्रकाशनले अबका दिनमा निकै सहज, एकरुपता आउने विचार राखेका थिए ।
 
प्रिन्सिपल भट्टराईले कोरोना प्रकोपका कारण आउँदो आइतबारदेखि नेपाली पाठशाला अनलाइनबाटै सञ्चालन गर्न लागिएको पनि जानकारी दिए । यसपटक ड्यालसको नेपाली पाठशालामा दुईसय विद्यार्थी भर्ना भएका छन् । विगत तीनसातादेखि कोरोनाका कारण पाठशाला स्थगित छ । 
 
ड्यालसमा यो पुस्तक यसै सातादेखि विद्यार्थीहरुलाई उपलव्ध गराइनेछ । अहिले पाँचसय प्रति छपाई भएर आइसकेकोले अभिभावकहरुले कहाँबाट किताब लिन सक्छन् भन्ने जानकारी समेत दिइने सचिव थापाले बताए ।