मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी मंचद्वारा कोरोनाका कारण दैनिकी गुजार्न गाह्रो भएकाहरुलाई सहयोग जुटाउन सुरू

प्रवासी मंचद्वारा कोरोनाका कारण दैनिकी गुजार्न गाह्रो भएकाहरुलाई सहयोग जुटाउन सुरू


हिमालय खवर सम्वाददाता
टेक्सस (अमेरिका) – कोरोना भाईरस (Covid-19) बाट पीडित नेपालीहरूलाइ सहयोग गर्न प्रवासी नेपाली एकता मञ्चले अभियान थालनी गरेको छ ।
 
प्रवासी नेपाली एकता मंचले कोरोना भाईरसका कारण दैनिकी गुजार्न गाह्रो भएकाहरुलाई सहयोग जुटाउदै आइरहेकोमा आफ्नो क्षेत्रलाई बिस्तार गर्दै केही दिन अघि अमेरिकाको धेरै नेपालीहरु बसोबास गर्ने राज्य टेक्सस, क्यालिफोर्निया, कोलोराडो लगायतका राज्यहरुलाई समिटिने दक्षिण-पश्चिम क्षेत्रमा संयोजक नारायण कँडेल तथा सह-संयोजक गोकर्ण दाहाल रहने गरि २९ सदस्यीय क्षेत्रीय कमिटि गठन गरेको छ । 
 
संसारका २०३ राष्ट्रलाई यो रोगले आक्रमण गरेको छ र अमेरिका संसारकै धेरै संक्रमित भएको देश वनेको छ। भर्खर सम्ममा दुइलाख ४६ हजार भन्दा धेरै नागरिकहरु यो रोगको कारण पिडीत छन । यो रोगबाट ६ हजार एकसय भन्दा धेरैले ज्यान पनि गुमाईसकेका छन। केही दिन अगाडि न्युयोर्कमा एक जना हाम्रो नेपाली समुदायका सदस्यको मृत्यु भएको छ। 
 
विस्तारै धेरै नेपालीहरु पनि संक्रमित हुने क्रम वढ्ने क्रममा छ। गरि संस्थाले पनि आफ्नो समुदायको सहयोगमा यथासक्य भुमिका निभाउन पर्ने जरुरी महसूस गरी आफ्नो सदस्यहरुको विच मात्र केही आर्थिक संकलन गरेर उक्त सहयोग अभियान सुरु गरिएको मञ्चले जनाएको छ । 
 
यसरी प्रवासी नेपाली एकता मंच (ओएनयूएफ) ले भविष्यमा अनुमान गर्न समेत कठीन रहेको आजको अवस्थामा अझ अत्यावश्यक सामाग्रीको जोहो गर्न समेत सवैमा अनुरोध गरेको छ। यस संस्थाले आ-आफ्नो क्षेत्रका नेपालीहरूलाई कोरोनावाट जोगिन सचेतना जगाउने र सबैलाई घरमा नै बस्न र वाहिर नजान अनुरोध समेत गरेको छ। 
 
यस महामारीवाट प्रभावित नेपाली समुदायको सदस्यहरूको पहिचान गरि उहॉहरूको आवश्यकता हेरी हामिले सक्ने सहयोगको गरिएको र सहयोगको आवश्यकता महसुस गर्नु हुनेहरुले यस संस्थाको यस क्षेत्रको सामाजिक सुरक्षा तथा सहयोग कमिटिका बिनोद कुइकेल (अष्टिन), नेत्र पाण्डे (अर्भिंग), जीवराज बुढा (केलर), राजेन्द्र वाग्ले (सरमन), मोहन कुसारी (अष्टिन), सोफिन थापा (युलेस), देव शर्मा (युलेस) र तेज अर्याल (अर्भिंग)लाई जानकारी गराउन अनुरोध गरिएको छ।
 
थप जानकारी तथा सहयोगको लागि यस क्षेत्रका सँयोजक नारायण कँडेल (६१४३७०२१६१) र सह-संयोजक गोकर्ण दाहाल (८१७८७५१२४९)ज्यू संग सम्पर्क गर्न समेत जानकारी गराइएको छ।