मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरस संक्रमणवाट अमेरिकामा एक नेपालीको अवस्था गम्भिर

कोरोना भाइरस संक्रमणवाट अमेरिकामा एक नेपालीको अवस्था गम्भिर


अमेरिका – कोलोराडोमा एक जना नेपालीको कोरोना भाइरसका कारण अवस्था गम्भिरमात्र भएको खबर आएको छ ।*
 
कोलोराडो स्थित लङमण्टमा वस्दै आएका ७१ बर्षिय एक जना नेपाली जुन कोरोना भाइरस संक्रमण भएका थिए, उनको केही दिन देखि उपचार भईरहेको थियो । उनको स्वास्थ्य समस्याका बारेमा समाजिक संजाल र मिडियामा छलफलमा अझ नराम्रो खबर सार्वजनिक भएपनि अहिलेसम्म अवस्था क्रिटिकल तर, स्थिर रहेको वताईएको छ ।
 
नेपाली दूतावास वासिङटन डिसीको संयोजनमा विहीबार साँझ भएको कन्फरेन्स कलमा सहभागी एकले कोलोराडोवासी एकजनाको निधन भैसकेको जानकारी दिएका थिए । तर यसको स्वतन्त्र पुष्टी नभएको र ती व्यक्ति उपचारका क्रममा मात्र रहेको हिमालयखबर संवाददाताले पुष्टी गरेका छन् । उनलाई एक साता अघि लङमण्ट स्थित स्थानिय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनलाई अन्य स्वास्थ्य समस्या पनि रहेको थियो ।  परिवारले उनको नाम र अन्य विवरण सार्वजनिक गरेको छैन ।
 
वासिङटन डिसी स्थित नेपाली दुतावासलाई यसवारेमा जानकारी गराईएको छ । विहिवार दुतावासले संयोजन गरेको विभिन्न राज्यका नेपाली समुदायसंगको छलफलमा राजदुत डा. अर्जुनकुमार कार्कीलाई उक्त जानकारी गराईएको थियो ।
 
कोलोराडोमा अर्का दुई जनालाई पनि कोरोना संक्रमण भएको जानकारी आएको छ । जसमध्ये एक जनाको अस्पतालमा उपचार भईरहेको छ ।
 
कोलोराडोमा करिव १० हजार नेपाली वस्दै आएको अनुमान छ । विहिवार डेनभर लगायत कोलोराडोको विभिन्न स्थानमा हिमपात भएको छ  । कोलोराडोमा करिव ४ हजार कोभिड१९वाट संक्रमित भएका छन् जसमध्ये ९७ जनाको मृत्यु भएको छ ।
 
अमेरिकामा कोभिड १९ को संक्रमितको संख्या बृद्धि भईरहेको छ । न्युयोर्क कोभिड १९ को मुख्य केन्द्र वनेको छ । त्यहाँ कोभिड १९ संक्रमित नेपालीको संख्या तीनसय भन्दा बढी पुगेको स्थानियहरुले अनुमान गरेका छन् ।
 
अमेरिकामा कोरोना भाइरस बृद्धि हुँदै गएकाले नेपाली विद्यार्थी, ऊबर, ट्याक्सी चलाउने, रेष्टुरेण्ट स्टोरमा काम गर्ने लगायतका समस्या बढ्दै गएको छ ।
 
क्यालिफोर्नियामा दुई जना परिवारलाई कोरोना भाइरस संक्रमण भएको खवर आएको छ । नेपालवाट आएका बुवा आमा लगायत परिवारका सदश्यलाई संक्रमण भएको वताईएको छ  । अर्को एक जना ऊवर चलाउने नेपालीलाई पनि कोभिड १९ भएको त्यहांका स्थानियले जनाएका छन्  । तर, संक्रमितले आफ्नो नाम सार्वजनिक गरेका छैनन् । ति परिवारले वाहिर सार्वज्निक गर्न अनुमति नदिएको महावाणिज्यदुत ऋषि ढकालले जानकारी दिए ।
 
टेक्सस लगायत नेपाली समुदाय वसोवास गर्ने अन्य क्षेत्रमा पनि कोराना संक्रमणको संख्या वढ्दै गएको छ । नेपालीभाषी केही भुटानीपनि कोराना संक्रमित भएको खबर आएका छन् ।
 
* यसअघि बैठकमा भएको छलफल र स्रोतको विश्वासका अाधारमा प्रकाशित समाचारमा उल्लेखित सन्दर्भप्रति हामी क्षमाप्रार्थी छाैँ ।