मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतीय क्रिकेट खेलाडी गम्भीरले दुई वर्षको तलब राहत दिने

भारतीय क्रिकेट खेलाडी गम्भीरले दुई वर्षको तलब राहत दिने


नयाँ दिल्ली । भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने घोषणा गरेका छन् । 
 
सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद्समेत रहेका गम्भीरले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा टेवा पु¥याउन आफ्नो तलब दिने घोषणा गरेको बताएका हुन् । 
 
“अहिले सरकारले मलाई के दियो भनेर प्रश्न गर्नेभन्दा पनि आफूले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ” उनले बिहीवार भने । 
 
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरेका छन् । 
 
भारतमा बिहीबारसम्म कोरोना भाइरसको कारण एक हजार ९६५ जना सङ्क्रमित भएका छन् । तीमध्ये १३१ जना पछिल्लो १२ घन्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
कुल बिरामीमध्ये एक हजार ७६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको मृत्यु भइसकेको छ । एएनआई