मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्रम्प प्रशासन मृत्युलाई एकलाखमै सिमित गर्न प्रयासरत

ट्रम्प प्रशासन मृत्युलाई एकलाखमै सिमित गर्न प्रयासरत


हिमालयखबर संबाददादा –
वासिङटन डिसी (अमेरिका) अमेरिकी उच्च अधिकारीहरुले कोभिड–१९ (कोरोना भाइरस) बाट हुने क्षती एकलाख भन्दा कममै सिमित गर्न प्रयासरत रहेको जनाएका छन् ।
 
कोरोना भाइरसबारे जानकारी दिनका लागि मंगलबार अपरान्ह ह्वजाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा कोरोना नियन्त्रण कार्यदलकी डा. डेब्रा ब्रिक्सले मानबीय क्षतीलाई एकलाखभन्दा बढी हुन नदिन प्रयासरत रहेको जानकारी दिइन् । ‘कुनै पनि सुरक्षात्मक उपायहरु नअपनाउने हो भने १५ लाखदेखि २० लाखसम्मको निधन हुनसक्ने बिभिन्न विश्वविद्यालयहरुको अध्ययनले देखाएको छ । नियमित हात धुने, मास्कको प्रयोग गर्ने, सामाजीक दुरी कायम गर्ने र घरमै बस्ने जस्ता उपायहरु अपनाउँदा हामीले यो क्षतीलाई एकलाखमै सिमित गर्न सक्छौँ’ उनले भनिन् ।
 
यद्यपी एकलाखको संख्या सुन्दा पनि डरलाग्दो आँकडा हो । यसर्थ चिकित्सकहरुले घरमै बस्न र अत्यावश्यक कामका लागि बाहिर निस्कनुपर्दा ६ फिटको सामाजीक दूरी कायम गर्न सुझाएका छन् ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो दुई साता कोरोनाको प्रकोप अझै भयावह हुने उल्लेख गरेका छन् । यस्तो अवस्था आउँदा पनि सरकारले अझै पुरै देशलाई केही समयका लागि ‘लकडाउन’ गर्न भने आँट गरेको छैन । 
यो रोगबाट मृत्यु हुनेको संख्या उच्च दरमा बढिरहँदा समेत ट्रम्प प्रशासन गंभीर नभएको देखिएको छ ।
 
तस्बिर: सामाजिक संजाल