मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना कहर : विश्वभर ४५ हजार ५०० बढीको मृत्यु, संक्रमित संख्या नौ लाख नाघ्यो

कोरोना कहर : विश्वभर ४५ हजार ५०० बढीको मृत्यु, संक्रमित संख्या नौ लाख नाघ्यो


काठमाडौँ । विश्वभरका मानिसलाई शोक, रोग र सन्नाटा मच्चाएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ४५ हजार ५४० पुगेको छ । संसारभर नौ लाख १२ हजार ५६५ जना संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटालीमा एक लाख १० हजार ५७४ संक्रमित भएका छन् भने १३ हजार १५५ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबारमात्रै ७२७ जनाको मृत्यु भएको छ । स्पेनमा एक लाख दुई हजार १३६ कुल सङ्क्रमित भएका छन् भने ९०५३ को मृत्यु भएको छ । बुधबारमात्रै ५८९ ले ज्यान गुमाएका छन् । 
 
संयुक्तराज्य अमेरिकामा दुई लाख ५ हजार ३६ कुल सङ्क्रमित भएका छन् भने ४५१६ जनाको मृत्यु भएको छ । अमेरिकामा १ लाख ९१ हजार ७७५ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 
चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३३१२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८ रहेको छ । चीनमा हाल २००४ जनाको उपचार जारी रहेकोमा ४६६ को अवस्था जटिल छ । 
 
यस्तै, फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने ३५२३ को मृत्यु भएको छ । इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने ३०३६ व्यक्तिको मृत्यु भएको छ । 
 
बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने २३५२ को मृत्यु भएको छ । बेलायतमा बुधबार एकै दिन ५६३ ले ज्यान गुमाएका छन् । जर्मनीमा ७५ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ८४८ को मृत्यु भएको छ । 
 
स्वीट्जरल्याण्डमा १७ हजार १३७ संक्रमित छन् भने ४६१ जनाको ज्यान गएको छ । बेल्जियममा १३ हजार ९६४ संक्रमित भएकोमा ८२८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १३ हजार ६१४ संक्रमित भएकोमा ११७३ जनाको मृत्यु भएको छ । 
 
यसैगरी, दक्षिण कोरियामा १६५, अस्ट्रियामा १४६, टर्कीमा २१४, क्यानडामा १०८, पोर्चुगलमा १८७, डेनमार्कमा १०४ र जापानमा ५७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 
 
यस्तै, भारतमा ४५, पाकिस्तानमा २६, थाइल्याण्डमा १२, बंगलादेशमा ५ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ । अन्य दक्षिण एसियाली मुलुकमा भने सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भई घर फर्किएका छन् । विभिन्न समाचार एजेन्सीहरुको सहयोगमा