मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इटालीमा कोरोना भयावह कायमै, अमेरिकामा सङ्क्रमित १ लाख ४२ हजार

इटालीमा कोरोना भयावह कायमै, अमेरिकामा सङ्क्रमित १ लाख ४२ हजार


जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ७५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
  
सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट सुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ । 
 
यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु ९७ हजार ६८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।
 
यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२  हजार १७८ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।  
 
स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार ८०३ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८० हजार ११० पुगेका छन् । यहाँ १४ हजार ७०९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ । 
 
संयुक्त राज्य अमेरिकामा २ हजार ४८४ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।
 
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर ७ लाख २३ हजार ३१९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३३ हजार ९९३ नागरिकको ज्यान गएको छ । सोमबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ५१ हजार ७६६ जना उपचारपछि घर फर्किएका छन् । 
 
चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । 
 
कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०४ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ४७० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७५ हजार ७०० व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा यस सङ्क्रमणका कारण २ हजार ६४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार ३०९ जना सङ्क्रमित रहेका छन् । बाह्र हजार ३९१ जना उपचारपछि घर फर्किएका बताइएको छ । 
 
जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ५४१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६२ हजार ४३५ जना सङक्रमित रहेका छन् । यहाँका नौ हजार २११ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।
 
उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण दुई हजार ६०६ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४० हजार १७४ सङ्क्रमित रहेका छन् । यहाँका ७ हजार २० नागरिक उपचारपछि घर फर्किएका छन् । 
  
संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार २२८ व्यक्तिको मृत्यु भएको छ । यहाँका १९ हजार ६५८ सङ्क्रमित भएका छन् । यहाँका करिब ५०० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 
 
स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३०० व्यक्तिको मृत्यु भएको छ । चौध हजार ८२९ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ५९५ जना भने उपचारपछि घर फर्किएका छन् । नेडरल्याण्डमा यस सङ्क्रमणबाट ७७१ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८६६ सङ्क्रमित भएका छन् । यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
 
बेल्जियममा सङ्क्रमणको कारण ४३१ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८३६ सङ्क्रमित भएका छन् । यसैबीच एक हजार ३५९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १५८ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ६६१ सङ्क्रमित भएका छन् । पाँच हजार २२८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
 
यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १३१ मृत्यु भएको छ । नौ हजार २१७ सङ्क्रमित भएका छन् । अष्ट्रियामा ८६ मृत्यु हुनुको साथै आठ हजार ७८८ सङ्क्रमित भएका छन् ।
 
ब्राजिलमा यस सङ्क्रमणबाट १३६ मृत्यु हुनुको साथै चार हजार २५६ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट ११० मृत्यु हुनुको साथै तीन हजार ७०० सङ्क्रमित भएका छन् । पोर्चुगलमा सङ्क्रमणबाट ११९ मृत्यु भएको छ । पाँच हजार ९६२ सङ्क्रमित भएका छन् । 
 
क्यानाडामा सङ्क्रमणबाट ६५ को मृत्यु हुनुको साथै छ हजार ३२० सङ्क्रमित भएका छन । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३९५ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५४ मृत्यु भएको छ । एक हजार ८६६ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा २९ को मृत्यु भएको छ । एक हजार २४ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा १४ मृत्यु भएको छ । एक हजार ५९७ सङ्क्रमित भएका छन् । 
 
त्यसैगरी यस महामारीबाट नर्वेमा २६, अष्ट्रेलियामा १७, इजरायलमा १५, मलेसियामा ३५, आयरल्याण्डमा ४६, चिलीमा ७, पोल्याण्डमा २२, रोमानियामा ४३, थाइल्याण्डमा ७, सिङ्गापुरमा ३, रुसमा ८, पेरुमा १८ लगायतको मृत्यु भएको छ । एपी/सिन्ह्वा/एएफपी