मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा पच्चिस सयमा कोरोना संक्रमित

टेक्ससमा पच्चिस सयमा कोरोना संक्रमित


हिमालयखबर संबाददादा- 
टेक्सस (अमेरिका) । अमेरिकामा नेपालीहरुको ठूलो बसोबास रहेको राज्य टेक्ससमा दुईहजार पाँचसय जनामा कोभिड–१९ (कोरोना) भाइरस देखिएको छ ।
 
आइतबार अपरान्हसम्म सरकारी र निजी क्षेत्रका प्रयोगशालाहरुमा २५ हजार ४ सय ८३ जनाको परिक्षण सकिएको छ । यी मध्य दुईहजार ५ सय ५२ जनामा पोजेटिभ (लक्षण) देखिएको टेक्सस हेल्थ एण्ड ह्युमन सर्भिसेजले जनाएको छ । टेक्ससमा कोरोना भाइरसले ३४ जनाको मृत्यु भैसकेको छ । 
 
सबैभन्दा बढी कोरोना संक्रमित ह्यारीस काउन्टी (ह्युस्टन) मा देखिएको छ । ह्यारिस काउन्टीमा ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । ह्यारिस काउन्टीमा पर्ने ह्युस्टन शहर अमेरिकाको चौथो ठूलो शहर हो । 
 
दोस्रो ठूलो संक्रमणका बिरामी ड्यालस काउन्टीमा छन् । जहाँ ४ सय ३९ बिरामी देखिएका छन् । यो काउन्टीमा नेपालीहरुको संख्या उल्लेख्य छ । नेपालीलाई संक्रमण भए नभएको अहिलेसम्म सार्वजनिक भएको छैन । ड्यालस काउन्टीमा आइतबार सम्म १० जनाको निधन भएको छ । 
 
त्यस्तै नेपालीहरुको संख्या बाक्लो भएको टेरेन्ट, डेन्टन काउन्टीमा पनि कोरोनाका संक्रमितहरु देखिएका छन् । परिक्षणपछि टेरेन्टमा १ सय ३९ र डेन्टनमा १ सय ४८ संक्रमित फेला परेका छन् । 
 
नेपालीहरुको ठूलो बसोबास रहेको टेक्ससको राजधानी अस्टिन रहेको ट्रेभिस काउन्टीमा पनि एकसय ७९ संक्रमित भेटिएका छन् । त्यस्तै लबक काउन्टीमा ४१ जना संक्रमित छन् । 
 
टेक्ससका २ सय ५४ काउन्टीहरु मध्य एकसय १८ मा कोरोनाको संक्रमण फेला परेको छ । 
 
अमेरिकाभरिमा एकलाख २२ हजार ६ सय ५३ जनामा संक्रमण देखिएको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ । सिडिसीका अनुसार दुइहजार एकसय १२ जनाको मृत्यु भैसकेको छ । यो क्रम हरेक तेस्रो दिनमा दोब्बर हुने गतिमा छ ।