मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सस च्याप्टरद्वारा विद्यार्थीलाई खाद्य सामग्री वितरण

टेक्सस च्याप्टरद्वारा विद्यार्थीलाई खाद्य सामग्री वितरण


ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तरगतको टेक्सस च्याप्टरले कोभिड–१९ का कारण संकटमा परेका विद्यार्थीहरुलाई आइतबार राहत वितरण गरेको छ ।
 
ड्यालसको अर्भिङ सिटीमा च्याप्टरले नेपाली विद्यार्थीहरुलाई जनही एक बोरा बास्मती चामल, एक व्याग दाल र नुन वितरण गरेको हो । एनआरएन आइसिसीका सल्लाहकार हरिबोल भण्डारीको सहयोगमा प्राप्त सहयोग सामग्रीहरु अर्भिङबाट वितरण गरिएको हो ।
 
‘संकटमा परेका नेपाली विद्यार्थीलाई यस्तो बेलामा सहयोग गर्नु हाम्रो दायित्व पनि भएकोले अभियान सुरु गरेका हौँ’ च्याप्टर सचिव सोफिन थापाले भने । उनले यो सुरुवातमात्र भएको र आगामी दिनहरुमा निरन्तर रहने समेत उल्लेख गरे । 
 
आइतबार च्याप्टर सभापति राजेश अर्याल, विकास उप्रेती, साजन मुल्मी लगायतको सकृयतामा वितरण भएको थियो ।