मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जनसम्पर्क समिति ड्यालासको बिशेष पहलमा भएको कन्फरेन्स कलमा के के भयो ?

जनसम्पर्क समिति ड्यालासको बिशेष पहलमा भएको कन्फरेन्स कलमा के के भयो ?


अमेरिका – विश्वभर फैलिरहेको कोरोना भाइरसबाट कसरी जोगिने र अरुलाइ सहयोग गर्ने भन्ने बारेमा नेपाली जनसम्पर्क समिति टेक्सास च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरीकाका सभापति आनन्द बिष्टले यस विषम परिवेशमा सबै जना मिलेर अगाडी बढ्नु पर्ने बिचार राख्दै जन सम्पर्क समितिले गरेको यो पहल कदमले नेपालीहरुको घनाबस्ती भएको ड्यालस टेक्सासमा बिशेस सहयोग पुग्ने बिश्वासका साथ सबैसंग जनसम्पर्क समितिले हातेमालो गरेर अगाडी बढ्नु पर्ने राय ब्यक्त गरेका थिए ।
 
यसैगरि कार्यक्रममा एनआरएनएका पूर्ब अध्यक्ष डा. केशव पौडेलले सबै एकताबध्द भै काम गरौ र आफु बचौ र अरुलाई पनि बचाऔ भन्ने आसय राख्नु भएको थियो । डा. पौडेलले कोरोना रोग लाग्दैमा र भेन्लेटरमा राख्दैमा डराउनु नपर्ने । तर रोग बाट बच्न सामाजिक दुरी र सरसफाइमा ध्यान दिनु पर्ने साथै रोग नलुकाउन आग्रह गरेका थिए । यो रोग लागेर ठिक भैसकेकालाई फेरी रोगले नसमात्ने र निस्चित समय (करिब १४ दिन पछि) अरुमा नसर्ने भएकोले उपचार गरेर ठिक भैसकेका बिरामीलाई नयाँ बिरामीलाई सहयोग वा राहत बितरणमा उपयोग गर्नु पर्ने सल्लाह दिदै कसैलाई स्वस्थ्य सम्बन्धि समस्या परेमा जतिबेला पनि आफु  तयार रहेको प्रतिबध्दता ब्यक्त गर्नु भएको थियो ।     
 
कर्यक्रममा बरिष्ट कानूनबिद खगेन्द्र जिसीले  कार्यक्रमको लागि धन्यवाद दिदै यस रोगलाई सामान्य रुपमा नलिएर सबैले बिचार पुरयाउनु पर्ने कुरा राख्दै कानूनी बिषयका निम्न पक्षमा ध्यान दिन अनुरोध गर्नु भयोः 
 
क) ईमिग्रेसन सम्बन्धमा – कसैलाई पनि अप्रिल १३ सम्म कुनै पनि ईमिग्रेसन सम्बन्धी समस्या पर्दैन यदि डकुमेन्टको समय सकिएको र अन्य ईमिग्रेसन समस्या भए वा अन्तरवार्ता लगाएतका अन्य मितिहरु सरेको वा नआएको सम्बन्धमा चिन्ता लिनु नपर्ने । 
 
ख) अनडकुमेन्टहरुले पनि जुन सुकै अस्पतालमा जाँदा निस्फिक्री साथ जान सक्नेछन र यसमा कुने पनि कानूनी झमेलाको चिन्ता लिनु पर्ने छैन । 
 
ग) कसैको काम छुटेको भए वा कम्पनी बन्द भएको भए अनईम्प्लाईमेन्ट फाराम कामबाट छोडेको एक हप्ता भित्र भर्नु पर्नेछ । सरकारले काम नगरेको अवस्थामा हाललाइ आफुले खाईपाइ आएको आफ्नो तलवको ४०% रकममा ६०० डलर फेडरल सरकारबाट थपेर रकम उपलब्ध गराउनेछ । 
 
घ) यसका साथै सरकारले जवान एक जनालाई १२०० र बालबलिकाले ५०० सम्मको आधिकतम दरले रकम उपल्ब्ध गराउने निर्णय गरेको छ । तर यो रकम ब्यक्तीको वार्षिक आम्दाननीमा आघारीत हुनेछ । जो ब्यक्तीले ट्याक्स फाईल गरेको छ त्यसैको आधारमा पाउने छन । 
ङ) सरकाले साना ब्यापारलाई लोनको ब्यवस्थागरेको छ  र यो लोन रकम पछि ग्र्याण्डमा समेत परिणत हुन सक्ने सम्भावना रहेकोछ । थप जानकारीकालागी सम्बन्दित निकायमा सम्पर्क गर्नु होला । 
 
च) यो फाराम भर्दा आफैले फेडरल गभर्मेन्टको वेवसाईडमा गएर भर्नु होला। अहिले घेरै स्क्याम चलेकोछ । कसैकसैले म तपाईको फाराम भरिदिन्छु र यति पैसा पाउनु हुन्छ भन्दै तपाईको सोसियल नम्वर र अन्य कागजात मागेमा कसैलाइ पनि नदिनुहोला । 
 
कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष दिनेश शर्माले फोन कम्पनीको र अन्य बायर हाउसमा काम गरि रहेका कामदारले हाल सम्म पनि काम गरिरहेको अवस्था र  कम्पनीले यदि तिमीले छोड्यौ भने तिम्रो जागिर जान्छ जस्ता कुरा गरि रहेको अवस्थाको जिज्ञासा बारे बरिष्ट कानूनबित्ता जिसीले अति आवस्यक (ईसियन्सियल भनि तोकेका) भनि सरकारले तोकेका बाहेकका कम्पनीका कामदारलाई काम लगाउनु गैर कानूनी भएको र यसको लागी गभर्नरको अफिसमा साथै एटर्नी जनरलको अफिसमा समेत फोनबाट अवस्था सुचित गर्नु पर्ने सुझाव दिनु भएको थियो । 
 
यसैगरी कार्यक्रममा थलराज पन्त, दिपक धिमिरे, रबिन बस्नेत, बिकास उप्रेती, अरुण रेग्मी, खड्क उप्रेती, केशव लामीछाने, केदार तिमिल्सिना, सुदिप ढुंगाना लगाएतले आफ्नो सुरक्षा आफै गरौ गरौ र अरुलाई पनि सहयोग गरौ भन्दै समाजलाइ सहयोग गर्न तयार रहेको बताइका थिए  भने ठोस सहयोगको लागि समिति बनाएर जान सकिने र सरकारको सहयोग नपाउनेलाई आवस्यक सहयोग पुरयाउनु पर्ने कुरामा जोड दिएका थिए । साथै राम्रो योजना बनाएर राहत प्याकेज ल्याउनु पर्ने भन्दै थप भनाईमा नेपाली समाज टेक्सासका अध्यक्ष दिनेश शर्माले ईमेरजेन्सी रिलिफका लागि हेन्ड सेनेटाईजर लगायत अति आवस्यक उपलब्ध गराई रहेको कुरा जानकारी गराउनु भयो । 
 
यसका साथै कार्यक्रममा नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्ण लामिछानेले मेन्टल समस्यामा रहेकालाइ सहयोग पुरयाउन मनोचिकित्सकको कार्यक्रम चलाउनु पर्ने, बिधार्थीलाई सहयोग गर्नै गरी कार्यक्रम ल्याउनु पर्ने र  सरकारले दिने सुबिघाबारे जानकारी गराउनु पर्ने बारे आफ्ना धारणा राखेका थिए । 
 
यसैगरी नेपाली जन सम्पर्क समिति बेष्ट टेक्सास  च्याप्टरका सभापति हरिबोल भण्डारीले हामी चनाखो भएर बसौं एवम् लोकल र फेडरल सरकारले दिने सुबिधा बारेमा एनएसटीले सचेना फेलाउनु पर्ने  बिचार राख्नु भएको थियो । कार्य समितिका सदस्य भरत अर्यालले संचालन गर्नु भएको उक्त कार्यक्रममा गोबिन्द श्रेष्ठ, धनन्जय ढकाल, सुमेन्द्र रानाभाट, बादल भूजेल, भोज बलायरले जनसम्पर्क समितिको मात्र नभएर यसलाई एनएसटी र एनआरएनए टेक्सास च्याप्टर र अन्य बसबै संध संस्थाको सामूहिक सहभागितामा एउटा समिति गठन गठन हुनु पर्ने बिचार राखेका थिए भने एन आरएनए टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्यालले अहिले नेपाली समुदायले सहयोगको अपेक्षा गरिरहेकोले आर्थिक संकलन र बितरण गर्नु पर्ने बिचार राखेको थिय । 
 
कार्यक्रमका सभापति ज्ञानेन्द्र कार्कीले यस बिषम परिस्थितीमा कसरी सबै संध संगठन एकजुट भएर अगाडी बढ्ने भन्ने उद्देश्यले आयोजित कनफरेन्स कलमा सहभागीलाई धन्यबाद दिदै स्थानीय संध संगठन संग समन्वय गर्न ज्ञानेन्द्र कार्की, कृष्ण लामिछाने, हरिबोल भण्डारी, बादल भुजेल र थलराज पन्त रहेको एक स्टेरिङ कमिटीको  गठन र भरत अर्याल, खड्क उप्रेती र बिकास उप्रती रहेको एक आर्थिक संकलन समिती गठन गर्ने प्रस्तावलाई सबैवाट स्वकृत गरिनुका साथै समितिका सदस्यबाट स्वतस्फुर्त स्वछिक आर्थीक सहयोगको घोषणा समेत भएको थियो। अन्यमा यस बिषम परिस्थितीसंग जुध्नका लागी सम्पुर्ण दाजुभाई तथा दिदीबहीनीको सहयोगको अपेक्षा समेत गरिएको छ । 
 

भिडियो हेर्नुहोस्