मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

करिब ३० नेपाली कोरोना संक्रमणले न्यूयोर्कका अस्पतालमा

करिब ३० नेपाली कोरोना संक्रमणले न्यूयोर्कका अस्पतालमा


हिमालयखबर संवाददाता
अमेरिका- अमेरिकामा कोरोना भाइरस लागेर कम्तिमा ३० जना नेपाली अस्पतालमा भर्ना भएका छन् । शनिवार नेपाली समुदायका विभिन्न व्यक्तिविच भएको बृहत टेलिबैठकमा संयोजक गरिरहेका बिष्णु सुवेदीले उक्त जानकारी दिएका हुन । जनसम्पर्क समितिका पुर्व संयोजक समेत रहेका न्यूयोर्कमा बसोवास गर्ने सुवेदीले न्यूयोर्कका तीनवटा अस्पतालमा ती नेपालीहरुको उपचार भईरहेको जानकारी दिए ।
 
न्यूयोर्कमा अन्य दुई जनाले आफुलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक संजालमा सार्वजनिक गरिसकेका छन् । उनीहरु पनि अहिले उपचारका क्रममा अस्पतालमा छन् ।
 
'यो संख्या अरु बढी  हुन सक्छ' सुबेदीले भने करिब दुइसय नेपालीलाई कोराना संक्रमण भएको अनुमान छ, तर, यो अनुमान मात्र हो ।
 
छलफलमा विभिन्न शहरमा नेपाली कोरोना संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ ।
 
अहिले न्यूयोर्कमा ५० जना जति, क्यालिफोर्निया र टेक्ससमा केही नेपालीलाई कोरोना भाइरसले संक्रमण भएको सुनिएको छ, डा केशव पौडलले भने सामान्य भन्दा बढी रुवाखोकी च्याप्यो, ओठ निलो भयो भने तत्काल अस्पताल जानुपर्छ । 
 
'सकेसम्म बाहिर नजाने, जानै परे अरुको नजिक नगई ५/६ फिट टाढै वस्ने, घरमा पञ्जा, मास्क जे छ त्यो लगाएर जाने जस्ता उपाय अपनाउनु पर्छ' एनआरएनए एनसीसी अमेरिकाका पुर्व अध्यक्ष डा, पौडलले भने 'मुख्य कुरा सार्वजनिक यातायात प्रयोग बिल्कुल नगर्दा राम्रो हुन्छ ।'
 
न्यूयोर्क लगायत कतिपय स्थानमा नेपाली मिलेर वस्ने भएकाले यसवाट सृजित विभिन्न समस्या आएको समाजिक अधिकारकर्मी नर्बदा क्षेत्रीले जानकारी दिईन । सँगै बस्ने नेपाली विचमा कंही कतै केही समस्या देखिएको छ उनले भनिन् संक्रमण भएका र नभएका नेपालीलाई कसरी छुट्याएर राख्ने यो अहिले मुख्य समस्या हो ।
 
घरमा बालबालिका छन् कसैलाई कोरोना भाइरस संक्रमण भयो यो अवस्थामा कसरी कहां संक्रमणभएकालाई राक्ने यो समस्या भएको सहभागीले वताएका थिए । 
 
एउटै घरमा धेरै मिलेर बस्नु, बालबालिका हुन यस्तो ठाउंमा के गर्ने समस्या आएको बैठकमा सहभागी अनिता गुरुगंले जानकारी दिईन् । कयौंले आफुलाई नाम बताउने गरी कोरोना संक्रमण भएको जानकारी दिने गरेको वताउंदै उनले यो समुदायमा सार्वजनिक गर्दा अरुलाई फाइदा हुने वताईन ।
 
अमेरिकामा कोरोना भाइरस जसलाई कोभिड १९ भनिन्छ यसको संक्रमण उच्चदरले बृद्धि भईरहेको  छ । अहिले अमेरिकामा मात्र १ लाख २० हजार संक्रमित भईसकेका छन् । यो वढ्दो क्रममा छ । नेपाली समुदायको मुख्य वस्ती रहेको सवै स्थानमा कोरोना भाइरस संक्रमण बृद्धि भईरहेको छ ।
 
अमेरिका भारतपछि सबैभन्दा बढी नेपाली समुदाय स्थायी रुपमा वसोबास गर्ने देश हो । तर, वासिंशन स्थित नेपाली दुतावास भने नेपाली समुदायलाई परेको समस्यामा मौन देखिएको छ । राजदुत एउटा अपिल मात्र निकालेर वसेकोमा असन्तुष्ठी छ । दुतावासले समुदायलाई सहयोग पुग्ने कुनैपनि कार्य गरेको छैन । समुदाय दुतावासको मौनताप्रति असन्तुष्ठ देखिएको छ ।
 
बैठकमा डाक्टर संजिव सापकोटाले कोराना भाइरसको उपचार अस्पतालमा सवैको हुने जानकारी दिए । कागज भएका नभएका सवैको निशुल्क उपचार हुन्छ सापकोटाले जो कोहीलाई पनि लाग्न सक्छ नडराई उपचारमा जाने हो ।
 
तर, मूख्य कुरा कसैले धुमपान गर्नु हुन्छ भने यसवेला यो भने तत्काल छाड्नु पर्छ डा सापकोटाले भने ।
 
इमिग्रेशन समस्यामा के हुन्छ ?
 
कानुनविद् खगेन्द्र जीसीले कागजात बनाउने प्रकृयामा रहेका कसैको पनि अहिले भ्याद नजाने बताए । कयौं कार्यालय बन्द छन्, त्यसैले अहिले विभिन्न डेट (दिन) आएको छ भने यो स्वतह थपिन्छ पुन अर्को पत्र आउँछ जीसीले भने ।
 
पर्यटक भिसामा रहेका अहिले नेपाल जान सक्ने अवस्था छैन । त्यसैले यो बेला समय थप गर्न निवेदन दिन सकिन्छ । निवेदन दिने प्रकृया  अघि बढाउँदा उपयुक्त हुन्छ ।
 
कागजात भए पनि नभएपनि उपचार हुने, अहिलेको अवस्थामा देश निकाला नगरिने जीसीले वताए ।
 
तस्बिर: सामाजिक संजाल