मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कोरोना भाइरसवाट नेपालीपनि प्रभावित

अमेरिकामा कोरोना भाइरसवाट नेपालीपनि प्रभावित


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा नेपालीपनि पर्न थालेका छन् । कोरोना संक्रमित विस्तारै सार्वजनिक पनि भईरहेका छन् ।
 
न्यूयोर्कमा वस्दै आएको जिबम (जुगं) बम कोरोना भाइरस संक्रमणवाट पिडित भएको सार्वजनिक भएको छ । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले हिमालयखबर संगको कुराकानीमा बताए ।
 
न्यूयोर्कमै केही दिन अघि  एक जना नेपालीको भाइरसवाट मृत्यु भएको थियो । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एकलाख नाघेको छ र यसवाट सवैभन्दा वढी न्यूयोर्क प्रभावित भएको छ । बढ्ने क्रम अझै तिव्र गतिमा छ । बढ्दो संक्रमणले अस्पतालमा भिड वढेको छ ।
 
न्यूयोर्क नेपाली समुदायको सवैभन्दा ठुलो बसाई रहेको स्थान हो । यहां अन्य नेपालीलाई पनि कोरोना भाइरस संक्रमण भएको विभिन्न परिवारिक स्रोतले जानकारी दिएका छन् ।
 
अस्पतालमा भिड बढेकाले घरमै सुरक्षित बसेर संक्रमणवाट जोगिनु सवैभन्दा राम्रो उपाय रहेको समाजिक अभियन्ताहरुले वताएका छन् ।
 
न्यूयोर्कवाहेक टेक्सस, कोलोराडो, क्यालिफोर्निया राज्यमा पनि संक्रमित वढेका छन् । तर, त्यहां नेपालीहरु संक्रमणमा परेको पुष्टि भने भएको छैन । टेक्ससको अष्टिनमा केही नेपालीलाई संक्रमण भएको हल्ला आएको थियो । समाजिक संजालमा हल्ला गरिएपनि यो केश पनि पुष्टि नभएको स्थानिय नेपालीले वताए । अमेरिकामा स्वास्थ्य सम्बन्धि विवरण व्यक्तिगत र गोप्य हुन्छन् ।
 
नेपाली व्यवसायी मारमा
कोरोना भाइरस संक्रमणले फस्टाउंदो क्रममा रहेको नेपाली व्यवसायी समस्यामा परेका छन् । कयौं नेपालीले व्यवसाय वन्द गरेका छन् । क्यालिफोर्नियामा नेपालीले संचालन गर्दै आएका रेष्टुरेष्ट, आईब्रो थ्रेडिगं लगायत कयौं व्यवसाय वन्द भएका छन् ।
 
टेक्ससमा पनि नेपाली व्यवसायीले स्टोर, रेष्टुरेण्ट, आईब्रो लगायतका व्यवसाय वन्द गरेका छन् । व्यवसायी दोहोरो मारमा परेका छन् । ग्यांस स्टेशनमा कामगर्दै आएकाले काम छाडिदिने गरेका छन् । स्टोरमा व्यवसाय हुदैं आएपनि कामगर्ने कामदार अभावले व्यवसायी वन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् । यसले गर्दा नेपाली व्यवसायीले लाखौं डलर नोक्सानमा पर्ने संभावना देखिएको छ । 
 
ऊवर, ट्याक्सी चलाएर आम्दानी गर्ने नेपालीपनि अहिले मारमा परेका छन् । कयौं यस्ता नेपाली घरमै लकडाउनमा परेका छन् । अमेरिकामा नेपालीको आम्दानी घट्दा नेपाल जाने रेमिट्यान्समा समेत असर पर्ने छ ।