मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना कहर : विश्वभर ३७ हजारको मृत्यु, अमेरिकामा डेढ लाख बढी संक्रमित

कोरोना कहर : विश्वभर ३७ हजारको मृत्यु, अमेरिकामा डेढ लाख बढी संक्रमित


 काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट सोमबार मध्य रातिसम्म ३६ हजार ८६४ हजार मानिसको ज्यान गएको छ ।
 
यस महामारीले १९९ देश र आसपासका समुदायलाई समुदाय नराम्ररी ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ७ लाख ६० हजार बढी मानिस संक्रमित भएकोमा १ लाख ६० हजार बढी निको भई घर फर्किएका छन् ।
 
अझै पाँच लाख ६३ हजार ३३६ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये विश्वभर २९ हजार ४३२ को अवस्था गम्भीर रहेको छ । गत चौबिसघन्टामा ३७ हजार जना नयाँ संक्रमित थपिएकामा २७९० को मृत्यु भएको छ । 
 
चीनको बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रणउन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा भयावह रुपमा फैलिँदै गएको छ । जसका कारण विश्वका कैयौँ देशमा अहिले लकडाउन, कर्फ्यु लगाइएका छन् । 
 
कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका परेको छ । अमेरिकामा अस्वाभाविक र चमत्कारिक ढंगले संक्रमितको संख्या बढेको छ । यहाँ १ लाख ५२ हजार ६३१ जना संक्रमित भएका छन्, जसमध्ये २८१७ जनाले ज्यान गुमाएका छन् । एक लाख ४४ हजार ६०३ जनाको उपचार जारी छ । अमेरिकामा पछिल्लो २४ घन्टाभित्र २३४ जनाले ज्यान गुमाएका हुन् । 
 
इटालीमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित गतिमा बढिरहेको पाइएको छ । चार दिनयताको संक्रमणको तीव्रता र मृत्यु हुनेको संख्या हेर्दा इटालीमा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म एक लाख एकहजार ७३९ जना संक्रमित भएकोमा ११ हजार ५९१ जनाको ज्यान गएको छ । इटालीमा शुक्रबार ९१९, शनिबार ८८९, आइतबार ७५६ र सोमबार ८१२ जनाको मृत्यु भएको छ । 
 
स्पेनमा ८५ हजार १९५ व्यक्ति संक्रमित छन् भने हालसम्म ७३४० बढीले ज्यान गुमाएका छन् । स्पेनमा शनिबार ८४४, आइतबार ८२१ र सोमबार ५३७ जनाले ज्यान गुमाएका छन् ।
 
चीनमा ८१ हजार ४७० संक्रमित भएकोमा ३३०४ जनाले ज्यान गुमाएका छन् । चीनमा ७५ हजार ७०० जना उपचारपश्चात् घर फर्किएका छन् । हाल २४६६ जनाको उपचार जारी छ । जसमा ६३३ को अवस्था गम्भीर छ ।
 
यस्तै, जर्मनीमा ६३ हजार ९२९ संक्रमित छन् भने ५६० जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ जना संक्रमित भएकोमा २७५७ जनाले ज्यान गुमाएका छन् । 
 
फ्रान्समा ४० हजार १७४ संक्रमित छन् भने ३०२४ जनाको मृत्यु भएको छ । एकै दिन ४१८ को मृत्यु भएको छ । 
 

यसैगरी, युकेमा २२ हजार १४१ संक्रमित भएकोमा १४०८ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १५ हजार ५२६ संक्रमित छन् भने ३३३ जनाको ज्यान गएको छ । बेल्जियममा ११ हजार ८९९ संक्रमित भएकोमा ५१३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा ११ हजार ७५० संक्रमित भएकोमा ८६४ जनाको मृत्यु भएको छ । 
 
दक्षिण कोरियामा ९६६१ जना कोरोनाबाट प्रभावित छन् भने १५८ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ९३७७ संक्रमित भएकोमा १०८ जनाको ज्यान गएको छ । टर्की ९२१७ संक्रमित रहेकोमा १३१ जनाको मृत्यु भएको छ । 
 
यस्तै, क्यानडामा ६७, पोर्चुगलमा १४०, नर्वेमा ३१, डेनमार्कमा ७७, अस्ट्रेलियामा १८, स्वीडेनमा १४६, ब्राजिलमा १४० जनाको मृत्यु भएको छ । जापानमा १८६६ संक्रमित छन् भने ५४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, भारतमा २९ जनाको मृत्यु भएको छ भने १०७१ संक्रमित छन् । पाकिस्तानमा २०, थाइल्याण्डमा ९ र बंगलादेशमा ५ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ ।
 
नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले कोरोनाको रोकथामका लागि पुनः आठ दिन थप गरी चैत २६ गतेसम्म लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा