मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा १००,००० नाग्यो

अमेरिकामा १००,००० नाग्यो


हिमालयखवर संवाददात-
अमेरिका । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रवार करिव २० हजार नयां कोभिड १९ संक्रमित थपिएका हुन् । त्यसले संक्रमितको संख्या लाख नाघेकोको छ ।
 
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि करिव १६ सय पुगेको छ । शुक्रवार मात्र अमेरिकामा करिव ४ सयको मृत्यु भएको छ । अमेरिकामा न्ययोर्क सवैभन्दा वढी प्रभावित भएको छ । विभिन्न प्रयास हुदां पनि त्यहां संक्रमितको संख्या घट्न सकेको छैन । अस्पतालहरुमा विरामीको भिड लागेको छ ।
 
न्यूयोर्कमा नेपाली समुदायको बसाईपनि उल्लेखनिय छ । कोराना भाइरसको संक्रमण वढ्दै गएपछि अधिकांश नेपाली घरभित्रै समय कटाईरहेका छन् । व्यवसाय र काम पुरै प्रभावित भएको छ ।
 
न्यूयोर्क, टेक्सस, कोलोराडो, सनफ्रान्सिस्को लगायतका शहरमा कतिपय नेपाली व्यवसाय वन्द भएका छन् । टेक्ससमा पनि केही  नेपाली व्यवसायीले ग्यास स्टेशन समेत वन्द गरेका छन् ।
 
कोभिड भाइरस न्यूयोर्कवाट फैलिएर अमेरिकाका सवै शहरमा पुगेको छ । सिकागो, डिट्रवाईट र न्यूओरल्यान्समा संक्रमितको बृद्धिदर उच्च छ । यि नयां इपिसेन्टरका रुपमा देखिएका छन् ।
 
कोलोराडोमा संक्रमितको संख्या करिव १७५० पुगेको छ । टेक्ससमा पनि यो संख्या करिव २ हजार नजिक छ ।
 
विश्व भर त्रास फैलाएको कोरोना भाइरसले अहिले युरोपलाई पनि चपेटामा पारेका छ । बेलायतका क्राउन प्रिन्स चाल्र्स, प्रधानमन्त्री बोरिस जोन्सनपमा पनि संक्रमण भेटिएको छ । तस्बिर: सामाजिक संजाल