मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना महामारीबाट १९९ देशका २६ हजार ३७५ जनाको मृत्यु, इटालीमा एकै दिन ९१९ को मृत्यु

कोरोना महामारीबाट १९९ देशका २६ हजार ३७५ जनाको मृत्यु, इटालीमा एकै दिन ९१९ को मृत्यु


काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण शुक्रबार रातिसम्म २६ हजार ३७५ व्यक्तिको मृत्यु भएको छ ।
 
विश्व स्वास्थ्य संगठन तथा कोरोना भाइरससम्बन्धी विवरण संकलन गर्दै आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार विश्वभर पाँच लाख ७५ हजार १६० जना कोरोना भाइरस संक्रमित भएका छन् । जसमा एक लाख २९ हजार ९६९ जना उपचारपछि घर फर्किएका छन् । चार लाख १८ हजार ५०० व्यक्तिको हाल उपचार भइरहेको छ । जसमा २१ हजार ६४१ जनाको अवस्था जटिल रहेको समाचारमा जनाइएको छ । 
 
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १९९ भन्दा बढी देशमा देखा परिसकेको छ । कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
 
चीनमा हालसम्म ८१ हजार ३४० व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२९२ पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७४ हजार ५८८ जना उपचारपश्चात् घर फर्किसकेका छन् । अब जम्मा संक्रमित ३४६० जनाको उपचार जारी छ । जसमध्ये १०३४ को अवस्था गम्भीर छ । 
 
अमेरिकामा कोरोना भाइरसको प्रकोप उच्च गतिमा बढिरहेको छ । एकै दिन ७ हजार ८९४ संक्रमित थपिएपछि अहिले संक्रमितको संख्या ९३ हजार ४१५ पुगेको छ भने १३८५ जनाले ज्यान गुमाएका छन् । 
 
इटाली पनि कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न असफल भएको छ । पछिल्लो केही दिनको संक्रमणको तीव्रता हेर्दा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म ८६ हजार ४९८ जना संक्रमित भएकोमा ९१३४ जनाको ज्यान गएको छ । पछिल्लो चौबीसघन्टामा इटालीमा ९१९ जनाको मृत्यु भएको छ ।
 
स्पेनमा ६४ हजार ५९ व्यक्ति संक्रमित छन् भने हालसम्म ४९३४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा एकैदिन ५६९ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, जर्मनीमा ४९ हजार ३४४ संक्रमित छन् भने ३०४ जनाको मृत्यु भएको छ । इरानमा ३२ हजार ३३२ जना संक्रमित भएकोमा २३७८ जनाले ज्यान गुमाएका छन् । इरानमा एकै दिन १४४ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, फ्रान्समा २९ हजार १५५ संक्रमित भएकोमा १६९६ जनाले ज्यान गुमाएका छन् । ३६५ जना नयाँ मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १२ हजार ३११ संक्रमित छन् भने २०७ जनाको ज्यान गएको छ । युकेमा १४ हजार ५७९ संक्रमित भएकोमा ७५९ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ९३३२ जना कोरोनाबाट प्रभावित छन् भने १३९ जनाको मृत्यु भएको छ । 
 
नेदरल्याण्ड्समा ८६०३ संक्रमित भएकोमा ५४६ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ७३९३ संक्रमित भएकोमा ५८ जनाको ज्यान गएको छ । बेल्जियममा ७२८४ संक्रमित भएकोमा २८९ जनाको मृत्यु भएको छ । यस्तै, नर्वेमा १७, क्यानडामा ३९, पोर्चुगलमा ७६, डेनमार्कमा ५२, अस्ट्रेलियामा १३, स्वीडेनमा ९२, ब्राजिलमा ७७ जनाको मृत्यु भएको छ । जापानमा १३८७ संक्रमित छन् भने ४७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, भारतमा २० जनाको मृत्यु भएको छ भने ८६३ संक्रमित छन् ।  
 
नेपालमा पनि चार व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले मंगलबारदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा