मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाले प्रत्येक वयस्क नागरिकलाई १२०० डलर दिने

अमेरिकाले प्रत्येक वयस्क नागरिकलाई १२०० डलर दिने


अमेरिका  – अमेरिकामा अधिकांश नागरिकले राहत स्वरुप १२ सय अमेरिकी पाउने भएका छन् । अमेरिकी संसदमा वुधवार यस वारेमा सहमती भएको हो ।
 
तर, यो राहत पाउनेका लागि वार्षिक आम्दानी व्यक्तिगत भए ७५ हजार र परिवार भए १ लाख ५० हजार भन्दा कम हुनुपर्ने छ । १७ बर्ष भन्दा कमका बालबालिका भएका परिवारले एक जना वरवार ५ सय डलर थप पाउने छन् । परिवार हुनेले २४ सय डलर पाउने छन् ।
 
कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि अमेरिकी सरकारले यस्तो निर्णय गरेको हो । यसका लागि सरकारले २५० अर्ब अमेरिकी डलर खर्च गर्ने छ ।
 
गत बर्ष कर दाखिला ट्याक्स फाइल गरेको विवरणका आधारमा आम्दानी हेरिने छ । करिव ९० प्रतिशत अमेरिकी नागरिकले राहत पाउने छन् । सरकारले दिने उक्त रकमको चेक भने मे महिनामा मात्र सर्वसाधारणले पाउने छन् । यस अघि पनि आर्थिक मन्दीमा अमेरिकाले सर्वसाधारणलाई चेक पठाएको थियो । यो प्राप्त हुन ६ साता लागेको थियो ।
 
अमेरिकाको राजश्व विभाग आईआरएसले यो चेक पठाउने छ ।
 
यसवाहेक अमेरिकी सरकारले ल्याएको राहत प्याकेजमा साना र ठूला व्यवसायीलई कर्जा सहयोग, कारोना उपचार गर्ने अस्पताललाई सहयोग, विमान कम्पनीलाई सहयोग लगायतका छन् । यो सहयोग प्याकेजको रकम २ ट्रिलियन डलर बरावरको छ ।