मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कास्कीको क्वारेनटाइनमा एक व्यक्तिको मृत्यु

कास्कीको क्वारेनटाइनमा एक व्यक्तिको मृत्यु


कास्की – कास्की जिल्लाको रुपा गाउंपालिका स्थित देउरालीमा क्वारेनटाइनमा वसेका एक व्यक्तिको निधन भएको छ ।
 
पोखरा महानगरपालिका संग जोडिएको रुपा गाउंपालिका देउराली स्थित विश्व शान्ति उच्च माविमा तयार पारिएको उक्त  क्वारेनटाइनमा ती व्यक्तिको निधन भएको हो ।
 
उनी विदेशवाट आएका थिए । स्थानियले संचालन गरेको देउराली कास्की नामक समाजिक संजालमा उक्त जानकारी राखिएको हो ।
 
देउरालीको उक्त माविमा २१ जनाको लागि क्वारेनटाइन वनाईएको थियो । त्यहां २१ जनानै वस्न आएका थिए । विदेशवाट आएकालाई १४ दिन राख्नका लागि उक्त क्वारेनटाइन वनाईएको थियो ।
 
देउरालीमा दक्ष चिकित्सक भने उपलव्ध छैनन् । त्यहां हेल्थपोष्ट मात्र छ । त्यसैले क्वारेनटाइनमा वसेका उक्त व्यक्तिको मृत्युको कारण भने पुष्टि भएको छैन । गाउंपालिकाले उक्त क्वारेनटाइन संचालनका लागि सहयोग गरेको थियो ।
 
रुपा गाउंपालिकामा वैदेशिक रोजगारमा जानेको संख्या उल्लेखनिय छ ।