मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौँ । नेपालमा थप एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको हो ।
 
कोरोना संक्रमणको एकजना बिरामी थपिएको स्वास्थ्य मन्त्रालयले समेत पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ६८७ जनामा कोरोना संक्रमणको आशंका नमुना परीक्षण गरिएको थियो । जसमध्ये ३ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ६८४ जनामा नेगेटिभ देखिएको छ ।
 
पहिलोपटक गत माघ ९ गते चीनबाट आएका एक जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।
 
दोस्रोमा चैत ४ गते फान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया छात्रामा कोरोनाको संक्रमण देखिएको छ । ती युवतीको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
 
पछिल्लोपटक पुनः एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएपछि संक्रमित व्यक्ति धादिङ निवासी ३२ वर्षीय हुन् । स्वास्थ्यमा समस्या आएपछि चैत १० गते उनी टेकु अस्पताल भर्ना भएका थिए । ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पतालको आइसोसेलन वार्डमा भर्ना गरिएका ती युवामा चैत ११ गते साँझ कोरोना पोजिटभको रिपोर्ट आएको थियो ।
 
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी खाडी मुलकबाट केही दिन पहिला नेपाल आएका थिए । ती व्यक्ति युएईबाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ (५३७) बाट चैत्र ६ गते राति १०ः२० बजे नेपाल उत्रिएर होटेलमा बसेको र मङ्गलबार टेकु अस्पतालमा भर्ना भई परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । 
 
विश्वका १९४ देशमा विस्तार भएको कोरोना भाइरसको संक्रमणबाट करिब चारलाख २४ हजार प्रभावित भएकोमा करिब एक लाख ९ हजारको उपचारपश्चात् निको भइसकेको छ भने २ लाख ९५ हजारको उपचार जारी छ । जसमध्ये १३ हजारको अवस्था गम्भीर छ ।