मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मै महंगो, अष्ट्रेलियन डलर भने कमजोर

नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मै महंगो, अष्ट्रेलियन डलर भने कमजोर


हिमालयखवर संवाददाता
अमेरिका- नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मै महंगो भएको छ । बैंकले सर्वसाधारणसंग डलर किन्दा प्रति डलर १२१ रुपैंया ७४ पैसा पुगेको छ । सर्वसाधारणले नेपालमा बैंकसंग अमेरिकी डलर किन्दा भने १२२ रुपैंया २४ पैसा तिर्नु पर्ने छ । यो अहिलेसम्मकै सवैभन्दा महंगो हो ।
 
कोरोना भाइरसका कारण भारतको अर्थतन्त्रमा गिरावट आईरहेकाले नेपालमा डलरको मूल्य वढेको हो । भारु र नेरु विच एउटै दर भएकाले भारतमा डलर वढ्े लगत्तै नेपाली रुपैंया पनि कमजोर हुन्छ ।
 
भारतले कोरोना भाइरसका कारण तीन साताका लागि लकडाउन गरेको छ । यसको असर अझै आउन बांकी छ ।
 
 केही दिन यता भारतीय शेयर बजारमा उच्च गिरावट आएको छ । त्यहां विदेशी लगानीकर्ताले पैसा फिर्ता लैजान थालेपछि डलरको अभाव भएको हो । यस्तै भारु पनि कमजोर भयो । यसको सिधा असर नेपालमा परेको हो ।
 
विदेशमा अमेरिकी डलर कमाउने नेपालीलाई भने यो वेला पैसा पठाउंदा फाइदा हुन्छ । यो नेपालमा डलर पठाउने वेला हो । तर, नेपालवाट पैसा ल्याउंदा भने नोक्सान पर्छ ।
 
अमेरिकी डलर मजबुत भएपनि अष्टे्रलियन डलरभने कमजोर भईरहेको छ । अष्ट्रेलियाको अर्थतन्त्रमा विभिन् समस्या देखिपछि अष्ट्रेलियन डलर कमजोर भएको हो । एक अष्ट्र्रेलियन डलर बरावर करिव ७० रुपैंया दर तोकिएको छ ।
 
विश्व बजारमा कच्चा तेलको मूल्य भने घटेको छ । यसले उपभोक्ताले भने सस्तोमा तेल पाएका छन् । अमेरिकामा पनि तेलको मूल्य निकै तल झरेको छ । अधिकांश राज्यमा प्रति ग्यालन तेल मूल्य २ डलर भन्दा तल झरेको छ । केही राज्यमा त एक डलरभन्दा कममा एक ग्यालन ग्यांस पाइने भएको छ ।तस्बिर: सामाजिक संजाल