मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाका कारण अमेरिकाको न्युयोर्कमा एक नेपाली को मृत्यु

कोरोनाका कारण अमेरिकाको न्युयोर्कमा एक नेपाली को मृत्यु


न्यु योर्क(अमेरिका)-  संसार भर फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट हजारौँ मानिसलाई असर गरेको यो दुखद घडी सँगै अमेरिकाको न्युयोर्कमा बसोबास गर्दे आएका ५० वर्षीय नेपाली अनिल लिम्बुको पनि कोरोना भाइरसका कारण सोमबार राती मृत्यु भएको छ ।
 
नेपालमा पाँचथरको रानीगाउँ घर भएका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । सोमबार राती नै स्थानीय उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डायबिटिज र प्रेसरको समस्या रहेको थियो । 
 
दुई छोरा ए छोरी र श्रीमतीका साथ न्युयोर्कमा बस्दै आएका अनिल लिम्बुले उबर चलाउँदै आएका थिए । उनी विभिन्न सामाजिक सस्धाहरु सगं आबद्ध पनि थिए ।
 
अमेरिकामा कोरोना संक्रमणबाट नेपालीको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।