मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पोर्चुगलमा पनि तीन नेपाली कोरोना संक्रमित

पोर्चुगलमा पनि तीन नेपाली कोरोना संक्रमित


पोर्चुगल । पोर्चुगलस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । 
 
सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरे ।  
 
यस्तै, संघका वरिष्ठ उपाध्यक्ष रोशनकाजी थापाले पनि क्वारेन्टाइनमा बस्दै आएका नेपालीसँग भेटी धैर्य गर्न अनुरोध गरेका छन् । “हामी संघका तर्फबाट उनीहरुलाई आवश्यक सहयोग जुटाउन कुनै पनि कसर बाँकी राख्दैनौंँ ।” 
 
उनले क्वारेन्टाइनमा राखिएका नेपालीमा सङ्क्रमण नदेखिएकाले उनीहरुलाई स्वास्थ्य जाँचपछि छिट्टै छाडिने बुझिएको जानकारी दिए ।   
 
सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले कोरोनाको सङ्क्रमणबाट बच्न पोर्चुगलमा रहेका सबै नेपालीलाई घरबाट बाहिर नजान अनुरोध गरेका छन् । 
 
यस्तै, क्षेत्रीय समिति अलगावका अध्यक्ष अनिल शर्माले पोर्चुगलको राजधानी लिस्बन बाहिर धेरै नेपाली कृषि क्षेत्रमा कार्यरत भएकाले सुरक्षामा ध्यान दिन आग्रह गरे ।  
 
कोरोनाबाट जोगिन दूतावासको आग्रह
 
नेपालीमा सङ्क्रमण फैलिएपछि लिस्बनस्थित नेपाली वाणिज्य दूतावासले बिरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, जाँच र सुरक्षामा आवश्यक ध्यान पु¥याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कूटनीतिक पहल गरिरहेको छ । वाणिज्यदूत मकरबहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए । 
 
उनले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपत्मा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । 
 
क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न फारो पुगेका वाणिज्य दूतावासका प्रतिनिधि मोहनकुमार थापाले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 
व्यवसायी एवं एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले पहिलोपटक क्वारेन्टाइनमा रहेका नेपालीलाई राहत वितरण गरेका थिए । 
 
यो समाचार तयार पार्दासम्म पोर्चुगलमा १४ जनाको ज्यान गएको तथा एक हजार ६ सय जनामा सङ्क्रमण फैलिएको ‘वल्र्डसमिटर’ ले जनाएको छ । सङ्क्रमणबाट बच्न पोर्चुगल सरकारले ‘आपत्कालीन’ घोषणा गरिसकेको छ । रासस