मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा पनि फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोनाको संक्रमण पुष्टि

नेपालमा पनि फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोनाको संक्रमण पुष्टि


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वव्यापी प्रभावित भइरहँदा नेपालमा पनि एक जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको हो । 
 
उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थी भएको जानकारी मन्त्रालयले सोमबार आकस्मिक प्रेस सम्मेलनमार्फत् जानकारी गराएको हो । यद्यपि मन्त्रालयले प्रेस सम्मेलन गर्नुअघि नै विश्व स्वास्थ्य संगठन एवं समाचार एजेन्सीले नेपालमा दुई जनामा संक्रमण भएको विवरण देखाएको थियो ।
 
पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोना भाइरस भएको पुष्टि भएको हो । सङ्क्रमण भएको पुष्टि भएकी व्यक्ति १९ वर्षकी युवती भएको सरकारले जानकारी दिएको छ । 
 
युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनी नेपाल आएपश्चात् निवासकै क्वारेन्टाइनमा रहँदै आएको र सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ। उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको मन्त्री ढकालको भनाइ छ। 
 
केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई पनि सङ्क्रमण भएको पुष्टि भएको थियो । अहिले उनी स्वस्थ भइसकेका छन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । बीबीसी