मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना कहर : विश्वभर २० हजारको मृत्यु, साढे चार लाख संक्रमित

कोरोना कहर : विश्वभर २० हजारको मृत्यु, साढे चार लाख संक्रमित


काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई संसारका १९६ मुलुकमा महामारीको रुपमा विस्तार भएको नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणले युरोप र अमेरिकी देशहरुलाई आक्रान्त पारेको छ । यस महामारीबाट बुधबार रातिसम्म १९ हजार ८०८ जनाको मृत्यु भइसकेको छ भने एकैदिन ४३ हजार ७६८ जना संक्रमित भएका छन् । चौबिसघन्टामा २३७७ जनाले ज्यान गुमाएका छन् । 
 
कोरोनाको संक्रमणबाट हालसम्म चार लाख ४५ हजार ८१५ व्यक्ति प्रभावित भएकोमा एक लाख १२ हजार ३७ जना निको भई घर फकिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अझै विश्वभर तीन लाख १४ हजार १० जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये १३ हजार ५५७ को अवस्था जटिल रहेको छ । 
 
चीनमा हालसम्म ८१ हजार २१८ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२८१ पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७३ हजार ६५० जना उपचारपश्चात् घर फर्किसकेका छन् । अब जम्मा संक्रमित ४२८७ जनाको उपचार जारी छ । जसमध्ये १३९९ को अवस्था गम्भीर छ । 
 
इटालीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । हालसम्म ६९ हजार १७६ जना संक्रमित भएकोमा ६८२० जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ७४३ जनाको मृत्यु भएको छ । ५२४९ जना नयाँ संक्रमित थपिएका छन् ।    
 
इटाली पछि अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्च छ । अमेरिकामा ६० हजार ५४३ व्यक्ति संक्रमित भएकोमा ८१६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन २२२ जनाको ज्यान गएको छ भने ५ हजार ११० जना नयाँ संक्रमित थपिएका छन् । 
 
स्पेनमा ४७ हजार ६१० व्यक्ति संक्रमित छन् भने हालसम्म ३४३४ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ५५५२ पुगेको छ । स्पेनमा बुधबार ४४३ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, जर्मनीमा ३५ हजार ७४० संक्रमित छन् भने १८६ जनाको मृत्यु भएको छ । नयाँ मृत्यु हुनेको संख्या २२ पुगेको छ ।   
 
इरानमा २७ हजार १७ जना संक्रमित भएकोमा २०७७ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १७६२ छन् । इरानमा बुधबार १४३ जनाले ज्यान गुमाएका छन् । 
 
फ्रान्समा २२ हजार ३०४ जना प्रभावित रहेकोमा ११०० जनाले ज्यान गुमाएका छन् । स्वीट्जरल्याण्डमा १० हजार ५३७ संक्रमित छन् भने १४९ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा ९१३७ जना कोरोनाबाट प्रभावित छन् भने १२६ जनाको मृत्यु भएको छ । 
 
यसैगरी, युकेमा ८२२७ व्यक्ति संक्रमित भएकोमा ४३३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा ६४१२ संक्रमित भएकोमा ३५६ जनाको मृत्यु भएको छ ।
 
अस्ट्रियामा ५५६६ संक्रमित भएकोमा ३० जनाको ज्यान गएको छ । बेल्जियममा ४९३७ संक्रमित भएकोमा १७८ जनाको मृत्यु भएको छ । यस्तै, नर्वेमा १४, क्यानडामा २८, पोर्चुगलमा ४३, अस्ट्रेलियामा ९, स्वीडेनमा ४१, ब्राजिलमा ४७ जनाको मृत्यु भएको छ । जापानमा ११९३ संक्रमित छन् भने ४३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 
 
नेपालमा पनि तेस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । फ्रान्स हुँदै कतारबाट नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएपछि सरकारले मंगलबारदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । लकडाउनको निर्णयसँगै अब सरकारको निर्देशन अटेर गर्नेलाई एक महिनासम्म कैद सजाय हुने चेतावनीसमेत दिएको छ । एजेन्सीहरुको सहयोगमा